काठमाण्डु । सन्जय लीला भन्साली निर्देशित ‘रामलीला’मा रणवीर सिंह र दीपिका पादुकोणको मुख्य भुमिका छ । फिल्म १५ नोभेम्बरमा रिलीज हुदैछ ।
फिल्मको प्रोमो सोमबार सार्बजनिक गरिएको छ । सो कार्यक्रममा रणवीरले भने, ‘दीपिका र मेरो जोडी फिल्मको मुख्य आकर्षण हो । यो रोमियो र जुलियटको जस्तै प्रेम कहानी हो ।’
फिल्म शुटिङको क्रममा रणवीर र दीपिकाको हिमचिम बढ्दा धेरैले उनीहरुबीच अफेयर चलेको अनुमान गरे । यसबारे सन्चारकर्मीले राखेको जिज्ञासा भने उनीहरुले पूरा गरेनन् । अरु नै कुरा गरेर टारे ।
रामलीला शेक्सपियरको विश्वप्रसिद्ध प्रेम कथा ‘रोमियो र जुलियट’को नयाँ भर्सन हो ।