भारतीय मुलकी सुन्दरी मिस अमेरिका बन्दा रंगभेदी टिप्पणी

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १४:४९ मा प्रकाशित

nina-new-630भारतीय मुलकी सुन्दरी नीना दाबुलुरी नयाँ मिस अमेरिका बनेकी छिन् । भारतीय सुन्दरी मिस अमेरिका बनेको खबरपछि अमेरिकामा उनि विरुद्ध रंगभेदी टीप्पणीहरु भएका छन् । यसले देखाएको छ कि अमेरिकी समाज अझै पनि गोरालाई बाहेक अरुलाई सहज रुपमा स्वीकार्न तयार छैन । मिस न्यूयोर्क बन्दै मिस अमेरिकाको प्रतिस्पर्धामा पुगेकी नीनाले उपाधि जितेको खबर सार्वजनिक भएसँगै उनी विरुद्ध रंगभेदी ट्वीटहरु गरिएका छन् । ट्वीट गर्नेहरु मिस अमेसिकाको उपाधि अमेरिकी मुलकी सुन्दरीले नपाएकोमा असन्तुष्ट देखिन्छन् । एक प्रयोगकर्ताले ‘अब यो विकाउ शो कहिले पनि हेर्दिन भन्दै, यो प्रतियोगिताको नतिजा अमेरिकी जनताको गालामा झापड भएको टिप्पाणी गरेका छन् ।

अर्का एक जनाले भनेका छन् आखिर एकजना गोरी महिलाले कहिले यो प्रतियोगिता जित्लिन् भनेर टिप्पणी गरेका छन् । अर्का एक जनाले यो मिस अमेरिका हो कि मिस पाकिस्तान वा मिस चीन भनेर ट्वीट गरेका छन् । एक एशियाली मुलकी अमेरिकी नागरिकले सफलता पाउँदा अमेरिकामा भएका टिप्पणीले अमेरिकी समाजमो खुलापनको धज्जी उडाएको छ ।

सुन्दरी नीनाले भने यस्तो टिप्पणीलाई आफुले ध्यान नदिने बताएकी छिन् । उनले भनेकी छिन्, ‘मैले आफूलाई हमेशा एक अमेरिकी मानेको छुँ, यस्ता टिप्पणीहरुबाट हामी माथि उठ्नु पर्छ ।’ नीनाका आमाबुवा मुलरुपमा भारतको आन्द्र प्रदेशको विजयवाडाका हुन् । उनीहरु दुवैजना अमेरिकामा डाक्टर छन् । नीनाका परिवारका अन्य सदस्यहरु पनि अमेरिकामै डाक्टर छन् । मिस अमेरिका प्रतियोगितामा ५३ जनालाई उछिन्दै नीनाले उपाधि जितेकी हुन् । प्रतियोगितामा अमेरिकको हरेक राज्यका एक–एक जना प्रतिनिधि र वासिङ्टन डीसी, पोर्टोरिको र अमेरिकी भर्जिन आईल्याण्डमा प्रतिनिधि सहभागि हुन्छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us