भारतीय अभिनेता दिलिपकुमार अस्पताल भर्ना

काठमाण्डु टुडे २०७० भदौ ३१ गते १:५५ मा प्रकाशित

Dilip_kumarसुप्रसिद्ध भारतीय अभिनेता दिलिप कुमारलाई अस्पताल भर्ना गरिएको छ । आईतबार अबेर राती उनको स्वास्थ अचानक विग्रएपछि उनलाई भारतको मुम्बई स्थित लिलावती अस्पतालमा भर्ना गरिएको छ ।

दिलिप कुमारकी पत्नि सायरा बानोले अस्पतालमा उनको हेरचार गरिरहेको जनाईएको छ । सायरा बानो पनि आप्mनो समयकी निकै लोकप्रिय अभिनेत्री हुन् । आईतबार विहानैदेखि असहज महशुस गरिरहेका दिलिप कुमारलाई आईतबार साँझ उनकी पत्नि सायराले अस्पताल लगेर जाँदा उनको स्वास्थ स्थिति बिग्रिएपछि उनलाई अस्पतालमा नै भर्ना गरिएको थियो । अहिले दिलिप कुमार चिकित्सकहरुको निगरानीमा रहेको जनाईएको छ । सोमबार बिहान उनको स्वास्थ स्थितिबारे आधिकारि जनाकारी दिईने अस्पतालले जनाएको छ ।
ट्रजेडी किङ समेत भनिने भारतीय अभिनेता दिलिप कुमार भारतका सर्वश्रेष्ठ अभिनेता मानिन्छन् । अमिताभ बच्चनदेखि लिएर विभिन्न सुप्रसिद्ध भारतीय अभिनेताहरुले उनलाई आप्mनो प्रेरणाको स्रोत मान्दै आएका छन् । दिलिप कुमारको उमेर ९० वर्ष पुगिसको छ । लामो समयदेखि उनको स्वास्थ प्रतिकुल रहँदै आएको छ । दिलिप कुमार आप्mनी पत्नि सयारा बानोका साथ मुम्बईको बान्द्रा स्थित पाली हिलमा रहँदै आएका छन् । दिलिप कुमार र सायरा बानोका कुनै सन्तान छैनन् । प्रसिद्ध अभिनेता दिलिपकुमारको वास्तविक नाम यूसुफ खान हो । दिलिप कुमार उनको चलचित्र क्षेत्रको नाम हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us