एनआरएन जर्मनी बहिस्कार गर्ने मञ्चको घोषणा

काठमाण्डु टुडे २०७० भदौ २७ गते ८:५८ मा प्रकाशित

नेपाली प्रगतिशील मञ्च जर्मनीले गैरआवसीय नेपाली संघ जर्मनीको बैधानिकता माथि प्रश्न उठाउदै त्यसलाई बहिस्कार गर्ने घोषणा गरेको छ । एनआरएन ग्लोबल सम्मेलनको पूर्व सन्ध्यामा बिश्वका बिभिन्न मुलुकमा भएका एक पक्षीय र गुटगत निर्णयको भण्डाफोर गर्ने निर्णय गरेको मञ्चले एनआरएन जर्मनीको बैधानिकता माथि प्रश्न उठाउदै बहिस्कार गर्ने घोषणा गरेको हो । 
एनआरएनए जर्मनीको चौथो सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि भएको विवादका वारेमा नेपाली जनप्रगतिशिल मञ्च जर्मनीका अध्यक्ष सागर पोखरेल र महासचिव डा श्याम परियारले जारी गरेको प्रेस बिज्ञप्तिमा राजनीतिक आस्थाका आधारमा असक्षम व्यक्तिलाई अध्यक्ष बनाइएको आरोप लगाइएको छ ।
पढनुस मञ्चको प्रेस बिज्ञप्ति

नेपाली जनप्रगतिशील मञ्च, जर्मनी

प्रेस वक्तव्य

एनआरएनए, ग्लोबल सम्मेलनको पूर्वसन्ध्यामा विश्वका विभिन्न मुलुकमा भए गरेका एकपक्षीय तथा गूट्गत निर्णयको भण्डाफोर गरौ!!

एनआरएनए जर्मनीको चौथो सम्मेलनबाट नयाँ नेत्रित्व चयनको लागि निर्वाचन कमिटी गठन गरी उमेदद्वारी माग गरिएको र त्यस अनुसार अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य (आइसीसी) पदमा उमेदद्वारी दिएका कृष्णप्रसाद गौतमको उम्मेद्वारी परेको थियो। सम्मेलनको दिन सहमतिको नाममा आइसीसी पदमा उमेदद्वारी दिएका कृष्णप्रसाद गौतमको उमेदद्वारी र उहाको चुनाव हुनुपर्ने मागलाई वास्ता नै नगरी जबरजस्ती गर्ने काम भएको छ। आइसीसी पदका उम्मेदवार कृष्णप्रसाद गौतमले चुनावको माग गर्दागर्दै पनि उहाको मागको सुनुवाइ नगरिनु के यो जबर्जस्ती र अन्याय गरेको ठहरिन्न र?

आइसीसी उमेदद्वार गौतमको उमेदद्वारीलाई जबर्जस्ती गर्ने कामको नेतृत्त्व हाल एनआरएनएको केन्द्रिय अद्यक्षका उमेदद्वार राम प्रताप थापाको नेतृत्त्वमा रहेको सहमतिका लागि बनाइएको कमिटीले गरेको छ। रामप्रताप थापा जो स्वयम केन्द्रीय अनुशासन कमिटीको नेतृत्त्व गरिरहनु भएको छ, उहाले समेत आइसीसी उमेदद्वार गौतमलाई धम्क्याएर उहाको मागलाई लत्याउने काम गरेको सुन्दा हामीलाई उहाको त्यस कार्यप्रति अत्यन्तै घ्रीणा जागेर आएको छ।

विश्वमा छरिएर रहेका गैर आवाशीय नेपालीहरुलाई नेतृत्व गर्न सक्षम र सफल छु भन्दै अध्यक्ष पद दावी गर्ने श्री रामप्रताप थापाको संयोजकत्वमा गठित उच्चस्तरीय सहमतीय समितिमा विश्वमा छरिएर रहेका गैर-आवासीय नेपाली समुदायलाइ नेतृत्व गर्न सक्षम छु भन्दै महासचिवमा दावेदारी प्रश्तुत गर्ने श्री कुमार पन्त लगायत गैर-आवासीय नेपाली संघ, जर्मनीको स्थापना कालदेखि नै मेरो अभूतपूर्व भूमिका छ भन्ने मपाइत्ववादीहरु सम्मिलित उच्चस्तरीय सहमतीय समितिले निर्माण गरेको भनिएको गैर-आवासीय नेपाली संघ, जर्मनीको नयाँ कार्यसमितिमा के कति सक्षम व्यक्तित्वहरुलाई समावेश गराइयो भन्ने कुराको उचित तथा न्यायोचित बहस गरी निर्णय तथा निकास निकाल्न जर्मनीका विभिन्न ठाउमा छरिएर रहेका संपूर्ण सचेत तथा बुद्धिजीवी नेपाली जनसमुदायलाइ हाम्रो मञ्च जोडदार रुपमा आग्रह गर्दछ।

आइसीसी पदको उमेद्वारीमा भएको अनिमियता बाहेक २७ जनाको कमिटी बनाउनका लागि सम्मेलनले दिएको म्यान्डेट विपरित ३५ जनाको कमिटी बनाइएको छ। त्यसमा पनि विधान विपरित महासचिव २ वटा, कोषाध्यक्ष २ वटा, सचिव २ वटा गरी समानन्तर कमिटीको जस्तो संरचना तयार गरिएको छ। एकातिर निर्वाचन आयोगले समयमा उमेद्वारीको लागि आवेदन ढिलो गरी दिएको भने कतिपयको उमेद्वारी खारेजी गरेको छ भने अर्कोतिर सम्मेलनकै दिन त्यहा उपस्थित नभएका र उमेद्वारी समेत नदिएकालाई पनि कमिटिमा ल्याइएको छ। त्यस्तै विधानमा भन्दा बाहिर गई पाँच जनालाई सरक्षक र ४ जना उपाध्यक्ष तोकिएको छ। उमेद्वारी माग गर्दा तयार आचारसंहिता उल्लेख गरिएका कुनै पनि मापदण्ड पूरा गरिएको छैन। एउटा सचेत र बौद्धिक वर्गको नेतृत्व गर्दै अध्यक्ष पदमा उमेदद्वारी दिएका नवराज रोस्यारालाई उपाध्यक्ष पदमा थन्क्याइएको छ र राजनैतिक आस्थाका आधारमा असक्षम व्यक्तिलाई अध्यक्षमा टिका लगाउने काम भएको छ।

जोसंग बौद्धिकता, सीप, इच्छा, जागर, सस्थागत अनि संगठनात्मक प्रचुर अनुभव छ त्यस्ता व्यक्तिहरुलाई उमेद्दवार दस्तूर का नाममा १००० तथा ५०० यूरो बनाई अंकुश लगाएर हतोत्साही बनाउने प्रयास गरिन्छ भने अर्कातिर ठिक त्यसको विपरित अनुभवहीन, बौदिकरुपमा टाट पल्टिएकाहरुलाई पैसाको बलमा प्रोत्साहन गरिन्छ भने यो विषय हाम्रो मात्र नभएर संपूर्ण बौद्धिक वर्गको समेत भएकोले जोडदार रुपमा असमति, आपत्ति तथा भण्डाफोर गरिनुपर्ने आवश्यकता देखिन्छ।

विगतमा नेपालमा बेला बेलामा भएका मानवीय तथा प्राकृतिक प्रकोपमा सहयोगार्थ दबाबरुपी आक्रमण गरिन्छ तर संकतिल राहतको सार्वजनिक रुपमा कुनै पारदर्शिता पाइदैन। यसको न्यायिक छानविनका लागि पनि हाम्रो मञ्च विदेशका विभिन्न ठाउमा छरिएर रहेका सचेत तथा बौदिक वर्गलाई जोडदार रुपमा आग्रह गर्दछ।

त्यसैले हाम्रो संगठन नेपाली जनप्रगतिशील मञ्च सहमतिको नाटक मन्चन गरेर जबर्जस्ती एकपक्षीय रुपमा गठन भएको गैर-आवासीय नेपाली संघ, जर्मनीको वैधानिकता माथि नै प्रश्न चिन्ह खडा गर्दै अमान्य घोषणा गर्दछौ र बहिष्कार गर्दछौ र हामीले माथि उठाएका ज्वलन्त समस्याहरुको बारेमा बहस होस् भनेर जर्मनीबासी विभिन्न तह र तप्काका बौद्धिक तथा आम नेपालीहरुमा अपिल पनि गर्दछौ।

सागर पोखरेल

अध्यक्ष, नेपाली जनप्रगतिशील मञ्च, जर्मनी

डा. श्याम परियार

महासचिव, नेपाली जनप्रगतिशील मञ्च, जर्मनी

फ्रान्क्फुर्ट, जर्मनी, १० सेप्टेम्बर 2013

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us