अन्तर्राष्ट्रिय ब्युरोबाट संविधानसभा सदस्य उम्मेद्वार सिफारिस

काठमाण्डु टुडे २०७० भदौ २७ गते ५:१० मा प्रकाशित

एकीकृत माओवादीले अन्तर्राष्ट्रिय व्यूरोले संविधानसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । पाँच जना केन्द्रीय सदस्य र दुई जना सल्लाहकार अन्तराष्ट्रिय व्युरोबाट सिफारिसमा परेका छन् । 

सिफारिसमा पर्नेमा अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज दीनानाथ शर्मा, युरोप राज्य समिति इन्चार्ज युवराज चौलागाई, भारत प्रवास राज्य समिति इन्चार्ज विष्णुहरि शर्मा, एशिया प्यासिफिक राज्य समिति इन्चार्ज मुक्ति खनाल रहेका छन । त्यसैगरी केन्द्रीय सदस्य टेकबहादुर पाठक, सल्लाहकारद्धय नुनेन्द्र दुलाल (नरेन्द्रजंग पिटर) र सुनिल पौडेलको नाम अन्तर्राष्ट्रिय व्युरोबाट सिफारिस गरिएको छ ।
यूरोप राज्य समितिबाट आएका ६ जनाको नाम सिफारिस हुन बाँकी रहेको एक नेताले बताए । उनका अनुसार उदयराज गौतम (हल्याण्ड),डा‍ हरि तिमिल्सिना (बेलायत), दधिराज घिमिरे (वेल्जियम), सुषमा भुषाल (वेल्जियम), चित्र सुवेदी (वेल्जियम) र तुलसी अमगाई (हल्याण्ड) को नाम अन्तर्राष्ट्रिय व्युरोले प्राप्त गरेको छ । ती नेताले भने ‘उहाँहरुका बारेमा निर्णय हुन बाँकी छ ।’
त्यसैगरी भारत प्रवास राज्य समितिबाट गायिका विना शर्मा,युवराज भण्डारी,चक्रबहादुर मलातीको नाम व्युरोमा पुगेको छ । यसैगरी एशिया प्यासिफिक क्षेत्रबाट विशाल खड्का र चन्द्र रोकाहाको नाम व्युरोमा प्राप्त गरेको छ । चन्द्र रोकाहा गैरआवसीय नेपाली संघ यूएइका निबर्तमान अध्यक्ष हुन ।

एकीकृत माओवादीको अन्तराष्ट्रिय व्यूरोमा हेरफेर भएको छ । अन्तराष्ट्रिय व्यूरो इन्चार्जबाट राम कार्कीलाई हटाएर दीनानाथ शर्मालाई ल्याइएको छ ।

भारत प्रवास राज्य समितिको इन्चार्जमा विष्णुहरि शर्मा,यूरोप राज्य इन्चार्जमा युवराज चौलागाई,एशिया प्यासिफिक राज्य समितिको इन्चार्जमा मुक्ति खनाललाई जिम्मेवारी दिइएको छ । यसअघि चौलागाई एशिया प्यासिफिक राज्य समितिको इन्चार्ज थिए भने खनाल अन्तराष्ट्रिय व्यूरोमा थिएनन । हालै भएको केन्द्रीय समितिको बैठकले अन्तराष्ट्रिय व्यूरोमा हेरफेर भएको चौलागाईले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us