
गत साउनमा करिव ५४ हजार नेपाली रोजगारीका लागि विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार, चालु आर्थिक वर्षको पहिलो महिना ५४ हजार पाँचसय ५२ नेपाली युवा विश्वका चार दर्जन मुलुकमा गएका छन् । मलेसियाले १६ हजार ६ सय १२ नेपालीलाई रोजगारीको अवशर उपलव्ध गराएको छ । यस्तै कतारले १० हजार सातसय ८५, साउदी अरबले आठ हजार सातसय ५२, संयुक्त अरब इमिरेट्सले पाँचहजार ६ सय ९१ र कुवेतले एकहजार आठसय ८५ जनालाई रोजगारी उपलव्ध गराई पहिलो पाँच गन्तव्यमा परेका छन्।
साउनमा वैदेशिक रोजगारीमा गएका मध्ये आठहजार ६ सय १५ जना पुनः वैदेशिक रोजगारीमा गएका हुन्। यसरी वैदेशिक रोजगारीमा जानेमा कतारमा तीनहजार दुईसय २९, साउदी अरबमा दुईहजार एकसय २१, संयुक्त अरब इमिरेट्समा एक हजार आठसय ६६ र कुवेतमा तीनसय १० छन् । पहिलो रोजाईको गन्तव्य मलोसियामा ६ सय २८ जनामात्र पुनः प्रवेश गरेका छन् ।
गत महिना दुईहजार नौसय ९ महिला वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ । महिलाको मुख्य गन्तव्यमा कुवेत (९६१), संयुक्त अरब इमिरेट्स (५९४), मलेसिया (५२४) र ओमन (२१०) रहेका छन् । विगतमा महिलाको गन्तव्य मानिएको लेवनान र इजरायलमा ७० र ३९ महिला गएका छन् । वैदेशिक रोजगारीमा पुनः प्रवेश गर्ने महिलाको संख्या चारसय पाँच रहेको छ ।
सरकारले गत वर्षदेखि लिएको व्यक्तिगत करार कम गर्ने नीति फितलो देखिएको छ । गत जेठमा सात प्रतिशतमा सिमित भएको व्यक्तिगत करार बढेर १४ प्रतिसत पुगेको छ । ६ हजार आठसय ८९ नेपाली व्यक्तिगतरुपमा विदेशिएका छन्, यसमा महिलाको संख्या एकहजार पाँचसय नौ रहेको छ । गत वर्षको ३० बुँदे नीतिले बढी जोखिमा पर्ने कारण व्यक्तिगत करार नित्साहित गर्न विभागलाई निर्देशन दिएको थियो । विगत एक वर्षको प्रवृतिलाई चुनौती दिदै साउनमा संस्थागत ठगी निकै बढेको छ । विभागमा दर्ताभएका ठगीका दुईसय २५उजुरीमा एकसय १४ उजुरी म्यानपावर संस्थाविरुद्ध छन् । यि उजुरीमा ११ करोड ठगीभएको दावी गरिएको छ । बिजमाण्डु डट कम