जापानमा पोखरेल निर्वाचित

काठमाण्डु टुडे २०७० भदौ २० गते १३:४९ मा प्रकाशित

टोक्यो २० भदौ–गैरआवासीय नेपाली संघ (एनआरएन) जापानको छैटौं अधिवेशनले पारसमणि पोखरेललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । parashचिरञ्जीवी थापालाई पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन । थापाले एक सय २६ मत पाएका थिए भने पोखरेलले तीन सय ३४ मत प्राप्त गरेका थिए ।
सन २००४ मा रोटरी फाउन्डेसन अन्तर्गतको छात्रवृति  रोटरी अम्बासोडोरियल   प्राप्त गरि टोक्योस्थित इन्टरनेसनल क्रिश्चियन यूनिर्भसिटीमा अध्ययनको शिलशिलामा जापान आएका पोखरेल हाल जापानको नागोयामा ब्यबसाय गर्छन । पोखरेल एनआरएन जापान तोकाई होकुरिकु क्षेत्रीय समितिका सस्थापक संयोजक हुदै केन्द्रीय सल्लाहकार समेत भइसकेका छन् । पोखरेल रोटरी इन्टरनेसनलमा सक्रीय रहेका पारस १ जुलाई २०१३ बाट नागोया मिराइ रोटरी क्लब जापानबाट फेलोसिप कमिटिका अध्यक्ष समेत भएका थिए ।
अधिवेशनले उपाध्यक्षमा सुदन थापा,तुलसीराम खरेल र नरबहादुर थापा महासचिबमा हिरोसिमाका मुक्तिराम खनाल ‘बिनोद’ निर्वाचित भएका छन् भने सचिबमा निगाताबाट उदयराज कंडेल,कोषाध्यक्षमा टोक्योका तेज प्रसाद अर्याल निर्वाचित भएका छन्  । कार्यसमिति सदस्यमा– दिपकबाबु नेपाल, दिपक थापा,शिवलाल गिरी,दीपक केसी र अर्जुन अधिकारी निर्वाचित भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us