मलेसियामा अलपत्र युवालाई उद्धारको पहल

काठमाण्डु टुडे २०७० भदौ १९ गते ५:२७ मा प्रकाशित

खोटाङ । सुरक्षित आप्रबासन परियोजना सूचना केन्द्र खोटाङले मलेसियामा अबैधानिकरुपमा बसेर काम गर्दै आएका खोटाङका युवालाई उद्धारकालागि सहयोग गर्ने भएको छ । आइतबार मलेसिया सरकारले अबैधरुपमा काम गर्दै आएका दुई सय कामदारलाई पक्राउ गरेपछि सूचना केन्द्रले सहयोगकालागि तत्परता देखाएको हो ।

मलेसियामा पुगेर हालसम्म अबैधरुपमा काम गर्दै आएका जिल्लाका युवायुवतीहरुलाई उद्धार गर्नकालागि सुचना केन्द्रले आवश्यक कागजातहरु पठाएर सहयोग गर्ने भएको हो । यसकालागि सूचना केन्द्रले गैर–कानूनीरुपमा काम गर्दै आएका युवाहरुको आफन्तलाई मलेसिया पुगेका जिल्लाबासीहरुको नागरिकको परिचय खुल्ने तथा नाता खुल्ने कागजातहरु सहित निबेदन दिन आग्रह गरेको छ । कामदारको परिचय खुल्ने, नागरिकता, नाता खुल्ने लगायतका कागजातहरु उपलव्ध गराएमा सो कागजातहरु मलेसियसम्म पठाउन सहयोग गरिने सूचना केन्द्रकी परामर्शकर्ता खिलाश्वरी दाहालले बताइएन् ।

आवश्यक कागजातका आधारमा मलेसियास्थित राजदुतावासले ट्राभल्स डकुमेन्टमार्फत स्वदेश पठाउने केन्द्रले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us