एनआरएन अन्तर्राष्ट्रिय परिषद् उपाध्यक्षमा ओलीको उम्मेद्वारी

काठमाण्डु टुडे २०७० भदौ १७ गते ११:५५ मा प्रकाशित

सिड्नी– गैरआवासीय नेपाली संघ एनआरएन अन्तर्राष्ट्रिय परिषद्को उपाध्यमा अष्ट्रेलियाबाट भवानी ओलीले उम्मेद्वारी घोषणा गरेका छन् ।
सिड्नीमा आइतबार भएको नेपाली समुदायको भेलामा ओलीले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । उनले ८ पुष्ठ लामो घोषणपत्रसमेत सार्वजनिक गरेका छन् । एनआरएनको
संस्थागत पुनसंर्रचना, सशक्तिकरण र संघको उद्देश्य हासिल गर्न देखिएका समस्याको समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन् । यस्तै परोपकारी कामका लागि वार्षिक ५० मिलियन डलरसम्म नेपाल भित्र्याउनुपर्ने, एकपटकको नेपाली सधैंका नेपाली कायम गराउन पहल गर्ने, सामूहिक लगानीमा सहभागिता बढाउने, सांगठनिक संरचना रचनात्मक बनाउनुपर्ने विद्यार्थी,
युवा र महिलाको समस्या पहिचान र समाधान गर्दै उनीहरुको एकीकृत शक्तिलाई संघको उद्धेश्य प्राप्तिमा जोड्नु पर्ने उनको भनाइ छ । कार्यक्रमका सोलिसिटर शम्शेरसिंह थापा, डा कृष्ण हमाल, डा. होममूर्ती पन्त र एनआरएन अष्ट्रेलियाका अध्यक्ष महेन्द्र ओली लगायतले घोषणापत्रमा उल्लेख भएका कार्यक्रमको कार्यान्वयन तथा निर्वाचनका लागि शुभकामना दिएका थिए । लामो समयदेखि एनआर अभियानमा सक्रिय हुँदै आएका ओली अन्तर्राष्ट्रिय युवा संयोजक (२००९–२०११) एनआरएनको विधान संशोधन समितिमा बसेर काम गरिसकेका छन् । एनआरएन आइसीसीको पा“चौं अधिवेशन अक्टोवर १९ देखि २२ सम्म काठमाण्डुमा हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us