
सोल । ईपीएस कोटामार्फत् रोजगारीका लागि दक्षिण कोरीया आएका एक नेपालीको मृत्यु भएको छ । रोजगारकालागि चार महिना अघि दक्षिण कोरीया आएका सुनसरी मधेली–१ का दिपककुमार चौधरीको मृत्यु भएको सोलस्थित नेपाली दूतावासले जनाएको छ ।
आइतबार दिउसो करिव ४ बजे कम्पनी नजिकैको साथीको कोठामा बसेर मोबाइलमा कुरा गर्दागर्दै उनी बेहोस् भएका थिए । साथीहरुले अस्पतालमा लग्दा चिकीत्सकहरुले मृत घोषणा गरेको दूतावासले जनाएको छ ।
उनको मृत्यु हृदयघातले भएको अनुमान गरिएको छ । २४ बर्षे चौधरी किम्हे गासान्स्थित मोटरको पार्टस्हरु बनाउने कम्पनीमा कार्यरत थिए ।