गैह्र आवासिय नेपाली संघ बेलायतमा बिभाजन

काठमाण्डु टुडे २०७० भदौ १६ गते १०:०७ मा प्रकाशित

दधिराज घिमिरे, बेलायत

गैह्र आवासिय नेपाली संघ, बेलायतको उम्मेद्वार दर्ता गर्ने अन्तिम समयसम्म एकताको पहल बिफल भएपछि दुबै समुहले बेग्लाबेग्लै निर्वाचन कार्यलयमा गएर उम्मेद्वारी दर्ता गराएका छन् ।  गैह्र आवासिय नेपाली संघ बेलायतलाई फुटबाट गुज्रनबाट कसैले रोक्न सकेन । बेलायतमा रहेका गैह्र आवासिय नेपाली संघका सदस्यहरुले यो तितो सत्यलाई आत्मसाथ गर्न बाध्य भएका छन् ।

डा. सुर्य सुबेदीको नेतृत्वमा हुने भनिएको बार्तालाई संस्थापन पक्षले अन्तिम समयमा बहिस्कार गरेपछि एकताको प्रयास बिफल भएको हो । तर संस्थापन पक्षले अझै पनि छलफलको अन्त नभएको बताएको छ । यद्यपी यी बिषयहरुले सार्थकता पाउने सम्भावना देखिदैन । फुटको अपजस कस्ले बोक्ने भन्नेमा मात्र बहस हो र महेन्द्र कँणेललाई नेतृत्व कुनै हालतमा नदिने भन्ने बिषयले नै फुटको बिजारोपण गरेको भन्ने कुराले नै बेलायतबासीहरुको बुझाई छ ।

गत अगष्ट १७ मा गैह्र आवासिय नेपाली संघ बेलायतमा रहेको सदस्य दर्तामा भएको त्रुटीले अहिले दुई समुहमा बिभाजित गरेको छ । यो फुटमा बिभिन्न राजनैतिक संगठनहरु र सामाजिक संगठनहरुमा पनि प्रभाव परेको छ । राजनैतिक पार्टीका मंचहरुमा जनसपर्क मंच बढीमात्रामा दुई ध्रुवमा रहेको पाईएको छ । जनसंपर्क मंचका सदस्यहरुको बाहुल्य रहेको योगेन्द्र क्षेत्रिले नेतृत्व गरेको गैह्र आवासिय नेपाली संघ बेलायतमा देखिएको छ । साथै एनडिएफको पनि यो समुहमा न्यूनको मात्र अनुहार देखिएका छन् ।  केही एनआरएन कार्य समितिका सदस्यहरु र सल्लाहकारहरुको प्रतिनिधित्व रहेको छ ।

सामाजिक समाजको महासचिव र केही सदस्यहरु रहेका छन् । आईसीसीमा पार्टीको र एनआरएन कार्य समितिको छाप नै पाईएको छ । यो समितिका अध्यक्ष योगेन्द्र बहादुर क्षेत्रि ब्यवसायिक पृष्टभूमिका हुन् । अधिकांस संस्थानपक्षको उपस्थिति रहेको यो समितिमा कुनै खालको खुसी र उत्साह भने थिएन  । बेलायतको समाजलाई एकताबद्ध बनाएर लैजानु पर्ने र सबैको साझा संगठन हुनु पर्नेमा आफै बिभाजित हुंदा आगामी दिनमा आउने चुनौतिलाई सामना गर्न कसरी अगाडी बढ्ने छ त्यो भने हेर्न बांकी छ । रोचक कुरा त के छ भने दुई लाख भन्दा बढीको बसोबास  भएको बेलायतमा गैह्र आवासिय नेपाली संघ बेलायतका उम्मेद्वारहरुलाई दुई बजेको अन्तिम समयसम्म पनि प्रस्तावक र समर्थकको अभाव भएको थियो । यो समुहसँग पाँच हजार पाँच सय सदस्य रहेका छन् । प्रस्तावक र समर्थक अभावका बिच पनि उम्मेद्वार दर्ता गने प्रकृया सकिएको छ ।

गैह्र आवासिय नेपाली संघ बेलायतलाई परिवर्तन गरिनु पर्छ र सबैको साझा बनाउने तर्फ उन्मुख निर्वाचन समितिले आफ्नो काम गरेको छ । यो समितिमा छ हजार तीन सय सदस्य रहेका छन् । आज सदस्य दर्ता प्रकृयामा बिद्रोही भएर होला उत्साही देखिन्थ्ये । सय जनाको हाराहारीमा गैह्र आवासिय नेपाली संघ बेलायतका सदस्यहरुको उपस्थिति थियो । कार्यक्रम अत्यन्त सौहाद्र देखिएको थियो । उपस्थितहरुले बेलायतमा रहेका संघ संस्थाहरुलाई बेवास्था गरेर गैह्र आवासिय नेपाली संघ बेलायतको संस्थापन पक्षले आउने दिनहरुमा कस्तो कार्यक्रम अगाडी बढाउँछ भनेर बहस गरिरहेका थिए । यो समुहलाई सबैभन्दा ठूलो चुनौति भनेको गैह्र आवासिय नेपाली संघ केन्द्रले बैधानिकता दिन्छ की दिन्न भन्ने नै हो । यदि बैधानिकता नपाएमा बेलायतको समाजमा हलचल मच्चाउने कार्यक्रम गरिरहेको समुहले के गर्छ आगामी कार्यक्रमले देखाउने छ ।

दुबै निर्वाचन आयोगले निम्न नामावली प्रकाशन गरेको छ ।

Mahendra-kadelमहेन्द्र कंडेल तर्फ
अध्यक्ष – महेन्द्र कंडेल

उपाध्यक्ष– सुर्य नेम्वाङ्ग र हिराधन राई

संयोजक– राज कुमार त्रिपाठी

सहसंयोजक– डम्वर लिम्बु

कोषाध्यक्ष– ठाकुर प्रसाद शर्मा

सदस्यहरु– तिल कुमारी लिम्बु, धर्म तामाङ्ग, योगेस राई, मिनबहादुर रानाभाट, उत्तम राई, बिष्णु वाग्ले, हरी गुरुङ्ग, बुद्धिराम थापा मगर र ललित न्यौपाने

आईसीसी सदस्यहरु – तेज राई, कैलास नेपाल, कर्ण शाही, बिज्ञान प्रसाई र बिनोद ज्ञवाली ।

 

Yogendra-Chhetriयोगेन्द्र बहादुर क्षेत्रि तर्फ
अध्यक्ष –योगेन्द्र बहादुर क्षेत्रि

उपाध्यक्षद्वय –कृष्ण तिद्धिलसिन र बाल बहादुर गरुङ्ग

राष्ट्रिय संयोजक– योग कुमार फगामी

राष्ट्रिय सह संयोजक –संगिता मरहठ्ठा

कोषाध्यक्ष –डासु पाण्डे

सदस्यहरु – हरीबहादुर थापा, गोपालबहादुर गुरुङ्ग, जय प्रकास गरुङ्ग, अर्जुन कुमार कटुवाल, भीम गुरुङ्ग, रामबहादुर गलामी, र फडिन्द्र भट्टराई

आईसीसी सदस्यहरु – सुरेन्द्र बहादुर श्रेष्ठ, सुष्मा लिम्बु राई, थर्क सेन, बिजन भट्ट र पशुमति भण्डारी ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us