मलेसियाबाट आफन्त फर्काइदिन माग

काठमाण्डु टुडे २०७० भदौ १६ गते ८:१३ मा प्रकाशित

Chitwan-Press-meetचितवन, १६ भदौ– वैदेशिक रोजगारकालागि मलेसिया गएका चितवनकी जुनु तामाङ र बाराकी ज्ञानु रानालाई सुरक्षित स्वदेश फिर्ताका लागि उनीहरुका आफन्तले माग गरेका छन् । रिपोटर्स क्लब चितवन शाखाले आइतबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा पीडित परिवारले सुरक्षितरुपमा स्वदेश फर्काइदिन सरकार समक्ष माग गरेका हुन् ।

चितवनकी तामाङ आठ महिना अघि साकुरा एशोसियट्स प्रालिका संचालक राजेश अर्याल र रामचन्द्र अधिकारी मार्फत वैदेशिक रोजगारमा गएका थिए । विदेशमा ४५ हजार नेपाली रुपैया“ मासिक तलव दिने प्रलोभनमा पारि मलेसिया लगे पनि अहिलेसम्म रोजगारी नदिएको र काममा लागेकाहरुलाई पनि तलव नदिएको आफन्तको गुनासो छ ।

उनीहरुसँगै देशका विभिन्न स्थानका गरि ९ जना गत पुस ५ गते मलेसिया पुगेका थिए । कम्पनिले तोकिएको रकम नदिएको र ८ महिना वितिसक्दा ३ महिनाको मात्र तलव दिएको पीडित पक्षको गुनासो छ । तोकिएको रकम माग्दा कम्पनी सन्चालकले दुर्व्यवहार गर्ने र जेल हाल्ने धम्की दिएको तामाङका श्रीमान द्रोण केसीले बताए । म्यानपावरसँग तामाङ र रानालाई स्वदेश फर्काउन माग गरे पनि उनीहरुले आलटाल गरिरहेको केसीको भनाई छ । उनीहरुलाई यही भदौ १० गतेभित्र नेपाल पर्काउने सहमती भए पनि अझै  पहल नभएको केसीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us