
नयाँदिल्ली । २२ साउन । भातीय सत्ताढ दल कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीले नेपालमा आथिर्क सामथ्र्यलाई आधार बनाएर संघीयतामा जान उपयुक्त हुने सुझाव दिएकी छिन् ।
कांग्रेस सभापति शुसील कोइरालासँग नयाँदिल्लीको जनपथस्थित निवासामा भेट गर्दै गान्धीले संविधानसभा निर्वाचनपछि आफूलाई नेपाल भ्रमणमा आउने इच्छा रहेको बताएकी थिइन् ।
भेटवार्तामा सहभागी कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार सभापति कोइरालाले नेपालमा संघीय स्वरुप आथिर्क सामथ्र्य र पहिचानका आधारमा तय हुने धारणा राखेका थिए । सिंहले माओवादी र मधेशवादी दलले कांग्रेसलाई गणतन्त्रविरोधीका रुपमा स्थापित गराउन गलत हल्ला चलाएको कोइरालाले बताएका थिए ।
कोइरालाले सबै दल मिलरे नेपालमा निर्वाचन तोकिएकै समयमा गराउने बताए ।
सभापति कोइरालाले मंगलबारै विदेशसलमान खुशिर्द, भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंह र प्रतिपक्षी दलकी नेतृ सुष्मा स्वराँजसँग पनि भेटवार्ता गरेका छन् ।