काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा

काठमाण्डु टुडे २०७० साउन २१ गते ११:२३ मा प्रकाशित

भक्तपुर, २१ साउन । काठमाडौँ उपत्यका बर्डफ्लुको उच्च जोखिममा परेको छ ।
भक्तपुरका थप पाँचवटा र्फमको कुखुरामा सोमबार बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार पछिल्लो पटक बालकोटका वीरबहादुर भुसाल, झौखेलको किरण सुवाल, सल्लाघारीको नारायणहरि खत्री र सुडालका राम लामाको पोल्ट्री र्फममा पालिएका कुखुरामा बर्डफ्लुको जिवाणु भेटिएको हो ।

साउन महिना सुरु भएयता मात्र भक्तपुरमा समेत १९ ठाउँमा बर्डफ्लु भेटिएको छ । पशु सेवा कार्यालय भक्तपुरका प्रमुख खगेन्द्र भट्टले बर्डफ्लु भेटिएका फर्मका सबै कुखुरा नष्ट गरिने तयारी भएको जानकारी दिनुभयो । एकपछि अर्को फर्ममा शृंखलावद्ध रुपमा बर्डफ्लु भेटिएपछि पशु स्वास्थ्य विभागलाई नष्ट गर्न भ्नाइ नभ्याई भएको छ ।

एकपछि अर्को गरेर बर्डफ्लु संक्रमण भेटिन थालेपछि उपत्यकाका तीन जिल्लामा स्थानीय प्रशासनले केही दिनअघि कुखुरा र कुखुराजन्य पदार्थ ओसारपोसार तथा बिक्रीवितरणमा रोक लगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us