राष्ट्रिय फुटबल टोलीले दुईवटा मैत्रीपूर्ण खेल खेल्ने

काठमाण्डु टुडे २०७० साउन ३२ गते ४:१२ मा प्रकाशित
काठमाण्डु, ३२ साउन ।  अन्तिम तयारीका लागि कुवेतमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले त्यहाँ दुईवटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले पहिलो खेल आइतबार कुवेत यु–२० सँगै खेल्ने टोलीसँगै रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता ललितकृष्ण श्रेष्ठले जानकारी दिए। दोस्रो मैत्रीपूर्ण खेल फाहाहिल स्पोर्टस क्लबसँग भदौ ८ गते हुनेछ।
napali toli भदौ ९ गते टोली स्वदेश फर्कनेछ। साफ च्याम्पियनसिप भदौ १५ गते राजधानीमा सुरु हुँदैछ। ११ दिनको बसाइमा दुई मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बिहीबार बहराइनबाट कुवेत पुगेको थियो।
मंगलबार इस्ट रिफा एफसीलाई १–० ले हराउँनु अघि साउन २४ गते पहिलो मैत्रीपूर्ण खेलमा नेपाल बहराइनको यु–२३ सँग ३–० ले पराजित भएको थियो।
कुवेतका लागि नेपालका राजदुत मधुवनप्रसाद पौडेल शुक्रबार टोली नेता श्रेष्ठ र प्राविधिक निर्देशक कृष्ण थापालाई भेटेका थिए। ‘ राजदुत पौडेलले शनिबार फुटबल टोलीलाई भेट्छु भन्नुभएको छ,’ श्रेष्ठले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us