उपेन्द्र-अशोक छिट्टै सहमतिमा आउँछन्ः प्रचण्ड

काठमाण्डु टुडे २०७० साउन २६ गते १३:४२ मा प्रकाशित

ललितपुर, २६ साउन । एकीकृत माओवादी अध्यक्ष प्रचण्डले निर्वाचन प्रक्रियामा असहमत उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी सहमतिमा आउने बताएका छन् ।
prachandaभक्तपुरको ठिमीमा शनिबार भएको कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले फोरम नेपाल र संघीय समाजवादी पार्टी छिट्टै समहतिमा आउने बताएका हुन् । ती दुई समूहले निर्वाचनमा आउने घोषणा गरेसँगै चुनावी वातावरण बन्ने दाबी प्रचण्डको थियो । आफूले यादव र राईसँग शनिबार मात्र कुराकानी गरेको र उनीहरुबाट सकारात्मक जवाफ आएको प्रचण्डले बताए ।

प्रचण्डले आफूबाट अलग्गिएर बनेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी निर्वाचनमा जाने वा नजाने भन्नेमा अझै दोधारमा रहेको उल्लेख गरे । कार्यकर्ता रिसाउने डरले मात्र वैद्यले निर्वाचनमा जाने वा नजाने भन्नेमा स्पष्ट निर्णयमा पुग्न नसकेको टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us