तोकिएकै मितिमा निर्वाचन: काँग्रेस

काठमाण्डु टुडे २०७० साउन २६ गते ६:१९ मा प्रकाशित

काठमाण्डु , २६ असार । नेपाली काँग्रेसले पूर्वनिर्धारित मितिमै संविधानसभा निर्वाचन गर्नुको विकल्प नरहेको दोहोर्‍याएको छ ।
महाराजगञ्जस्थित सभापति सुशील कोइराला निवासमा शनिबार बसेको पदाधिकारीसहित राजधानीमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ४ मंसिरमै निर्वाचन गराउनुपर्ने nc flagनिष्कर्ष निकालेको हो । सभापति कोइराला एक साता लामो भारत भ्रमणबाट फर्किएलगत्तै काँग्रेस बैठक बसेको हो ।

भारत भ्रमणका क्रममा उच्च भारतीय नेतृत्वले सभापति कोइरालालाई निर्वाचन प्रक्रियामा असहमत दलसमेतलाई विश्वासमा लिएर निर्धारित मितिमै निर्वाचन गराउन सुझाएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता अर्जुननरसिंह केसीले आगामी ४ मंसिरमा निर्वाचन सम्पन्न गर्न पार्टीका तर्फबाट हदैसम्मको लचकता अपनाउने निर्णय भएको बताए । निर्वाचन प्रक्रियामा असहमत असन्तुष्ट पक्षका सम्भव भएसम्मका माग सम्बोधन गर्न पार्टी सकारात्मक रहेको जानकारी उनले दिए ।

तर वर्तमान सरकार परिर्वतन र संविधानसभा निर्वाचन स्थगन गर्नुपर्ने माग भने पूरा गर्न नसकिने स्पष्ट गरे । बैठकमा कोइरालाले आफ्नो भारत भ्रमणबारे दस्यहरूलाई अवगत गराएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us