श्रीलंकासँग नेपाल ७ विकेटले पराजित

काठमाण्डु टुडे २०७० साउन २३ गते १३:४१ मा प्रकाशित

काठमाडौं, २३ साउन । आगामी भदौ १ गतेदेखि सिंगापुरमा हुने एसिसी इमर्जिङ् टिम्स् कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

श्रीलंको ब्लूम्फिल्ड मैदानमा भएको खेलमा नेपाललाई श्रीलंकाको २३ वर्ष मुनिको राष्ट्रिय टिमले ७ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कमजोर प्रदर्शन ग¥यो । नेपाल २६ ओभरमा १ सय १ सय २७ रनकै झिनो योगफलमा अलआउट भयो । नेपालका लागि पृथु बास्कोटले सबैभन्दा बढी नटआउट ४४ रनको योगदान गर्दा अन्य ब्याट्सम्यानले उल्लेख्य योगफल बटुल्न सकेनन् ।

१ सय २८ रनको झिनो लक्ष्य श्रीलंकन युवा टिमले ३ विकेटको क्षतिमा पार ग¥यो । श्रीलंका बसाइका क्रममा नेपाली टिमले श्रीलंकाको यू–२३ टिमस“ग अब तीन अभ्यास खेल खेल्नेछ भने एक खेल क्षेत्रीय टिमस“ग खेल्ने छ । अभ्यासपछि नेपाली टिम इमर्जिङ टिम्स् कप खेल्ने सिंगापुर प्रस्थान गर्नेछ । इमर्जिङ् टिम्स् कपमा नेपाल सम्मिलित समूह ‘ए’ मा अफगानिस्तान तथा भारत र पाकिस्तानको २३ बर्ष मुनिको राष्ट्रिय टिम छन् ।

नेपालले पहिलो खेल अफगानिस्तानस“ग भदौ १ मा खेल्नेछ । समूह ‘बी’ मा श्रीलंका र बंलादेशको यू–२३ टिम स“गै आयोजक सिंगापुर र युएइ छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us