काठमाडौँ, २१ साउन । कांग्रेसका सभापति सुशील कोइराला साताव्यापी भ्रमणका सिलसिलामा आइतबार नयाँ दिल्ली पुग्नुभएको छ ।
भारत सरकारको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ त्यसतर्फ जानु भएको हो । एयर इन्डियाको विमानबाट सभापति कोइराला सहित महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नयाँदिल्ली प्रस्थान गरेको नेपाली कांग्रेसले जनाएको छ ।
भ्रमणका क्रममा कोइरालाले भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आई अध्यक्ष सोनिया गान्धीलगायत शीर्ष नेतासँग भेट्ने कार्यक्रम रहेको काँग्रेसले जनाएको छ ।