व्यवसायीक संघ बेल्जियमबाट शेष घले सम्मानित

काठमाण्डु टुडे २०७० भदौ १४ गते ६:४७ मा प्रकाशित

लोक दाहाल/आन्तोर्पेन, बेल्जियम

काठमाण्डु, १४ भदौ । आगामी एनआरएन विश्व समेलनमा अध्यक्षको उम्मेद्वारको घोषणा पछि बिभिन्न देसका प्रवाशी नेपालीहरुलाई भेटघाट गर्ने शिलशिलामा यूरोप भ्रमणमा रहेका नेपाली मुलका सफल ब्यवसायी शेष घले र जमुना घलेलाई नेपाल व्यवसायिक संघ बेल्जियमले सम्मान गरेको छ । संघका अध्यक्ष हरीकुमार शर्मा थपलियाले खादा ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रमका घलेले एनआरएनलाई राजनैतिक प्रभावबाट मुक्त गरेर सबैलाई एकताबद्ध बनाउने आफ्नो लक्ष्य रहेको जानकारी दिए । साथै उनले सम्पूर्ण ब्यवसायीहरुलाई आफ्नो सँधै साथ रहने प्रतिबद्धता जनाएका थिए । एनआरएनको सदस्यमा ह्रास र नेतृत्वमा आइ दुई बर्षमै हराउने समस्याप्रति उनले चिन्ता व्यक्त गरे । बिभिन्न देशको भ्रमणमा भन्दा बेल्जियममा निकै भिन्न अनुभुति भएको भन्दै उनले खुशी व्यक्त गरे ।

यसैगरी नेपाल ब्यवसायिक संघ बेल्जियमका निवर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठले ब्यवसायीक संघ बेल्जियमको पृष्ठभूमि र अहिलेसम्मको अवस्थाबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा नेपाल ब्यवासायिक संघ बेल्जियमका उपाध्यक्ष किसन केसीले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन नेपाल ब्यवासायीक संघ बेल्जियमका महासचिव लोक दाहालले गरेका थिए । सो अवसरमा उनीहरुले संसारभरिका ब्यवसायीहरुलाई पनि राम्रो दर्जा दिन आग्रह गर्दै आगामी एनआरएनएको चुनावमा सफलताको अग्रीम शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष चित्र सुवेदी, सचिव पवन सुवेदी, जनसम्पर्क समिति यूरोपका संयोजक दिल गुरुङ, तमुधी बेलायतका अध्यक्ष क्षेत्र गुरुङ, एनआरएन यूकेका डम्बर घले, जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास जोशी, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गरुङ, आईसीसी सदस्य शिव बरुवाल, पत्रकार गोबिन्द सुवेदीलगायतको सहभागीता थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us