एनआरएन ब्रुनाईबाट खपाङ्गीलाई आर्थिक सहयोग

काठमाण्डु टुडे २०७० भदौ १४ गते ६:२६ मा प्रकाशित

Gore-Bahadur-Khapangiकाठमाण्डु, १४ भदौ । पूर्वमन्त्री गोरेबहादुर खपाङ्गीको उपचारकालागि ब्रुनाईमा बस्ने नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ, ब्रुनाई राष्ट्रिय समन्वय समिति तथा गोर्खाली नेपालीले आर्थिक सहयोग गरेका हुन् ।

संघका केन्द्रीय महासचिव तेन्जी शेर्पाले एनआरएन केन्द्रीय समितिको कार्यालय काठमाण्डुमा खपाङ्गी उपचार समिति नेपालका अध्यक्ष डा. शङ्कर लिम्बूलाई एक लाख १० हजार रुपैयाँको चेक हस्तान्तर गर्नुभयो ।

गत वैशाख १२ गते काठमाण्डुको राष्ट्रिय सभागृह नजिक मोटरसाइकलले ठक्कर दिएपछि अचेत हुनुभएका खपाङ्गीको अझै होस खुलेको छैन । उहाँको अचेत अवस्थामै सिंगापुरमा उपचार भइरहेको छ । उहाँको उपचारका लागि अझै ६० लाख चाहिने पारिवारिक स्रोतले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us