एनआरएनमा गुटबन्दी अन्त्य गराउन माग

काठमाण्डु टुडे २०७० भदौ १० गते ६:५२ मा प्रकाशित

दधिराज घिमिरे/ अरुण थापा

लण्डन १० भदौ –गुटबन्दी अन्त्य गरी गैरआवसीय नेपाली संघ (एनआरएन)लाई बिदेशमा रहेका नेपालीहरुको साझा संस्थामा रुपान्तरण गराउन माग बढेको छ ।NRN 2

वेलायत शाखामा देखिएको विवाद चरमोत्कर्षमा पुगेपछि नेपालीहरुले हस्तक्षेप गरी गुटबन्दी अन्त्य गराउन एनआरएन केन्द्रीय समिति समक्ष माग गरेका हुन । एनआरएनका शाखाहरुमा देखिएका कमीकमजोरी सच्याउन तत्काल कदम चाल्न वेलायतबासी नेपालीले केन्द्रीय समिति समक्ष आग्रह गरेका हुन ।
वेलायत शाखाको विवाद समानान्तर निर्वाचन समिति गठन गर्ने तहमा पुगेको छ । गत अगस्त १७ मा फारम दर्ता र नविकरणमा देखिएको विवादले छुट्टै साधारणसभा गर्ने अवस्थामा पुरयाएको हो । फारम दर्ता र नविकरण अभियानमा सहभागी नभएका करीव ११ हजार सदस्यहरुको नेतृत्व गर्दै वेलायत शाखाका बरिष्ठ उपाध्यक्ष महेन्द्र कँडेल पक्षले बिशेष साधारण सभा बोलाएको हो । अध्यक्षका प्रत्यासी सुर्य नेम्वाङले एनआरएन वेलायतमा राजनीतिक घुसपैठ भएका कारण छुट्टै साधारणसभा बोलाउने अवस्था आएको बताए । साधारणसभाको अध्यक्षता गरेका बरिष्ठ उपाध्यक्ष महेन्द्र कँडेलले आफूहरु मिलेर अघि बढन तयार भएपनि अर्को पक्ष एकलौटी रुपमा अघि बढन खोजेकोले छुट्टै साधारणसभा बोलाउनु परेको बताए ।
साधारण सभाले संस्थालाई काउन्सिल प्रणालीमा लैजान आगामी अधिवेशनबाट बिधान संशोधन गर्ने,वेलायतमा क्रियाशिल सबै सामाजिक तथा क्षेत्रीय संघ संस्थाको प्रतिनिधित्व सुनिश्चित गराउने, सदस्यता शुल्क तीन देखि पाँच पाउण्ड कति राख्ने भन्ने वारेमा अधिवेशनले टुंगो लगाउने, आगामी सेप्टेम्बर १५ मा संघको अधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ ।
एनआरएनमा देखिएको गुटबन्दीको बिरोधमा आइतवार लण्डनको उलउइचमा आयोजित बिशेष साधारण सभाले डा पुरुषोत्तम पौडेलको संयोजकत्वमा १४ सदस्यीय नयाँ निर्वाचन समिति गठन गरेको छ । निर्वाचन समितिको सदस्य सचिवमा पूर्ण लक्सम र अन्य सदस्यहरुमा शिवजी श्रेष्ठ,शशिधर नेपाल,भोजप्रसाद गुरुङ,आषिश पन्त,होम शर्मा,कल्पना आबुहाङ,नविन सापकोटा,ठाकुर शर्मा,बिपिन निरौला,चित्रबहादुर गुरुङ,नरेश काम्बाङ,कुश बस्नेत र देव माया पुन छन ।
भेलाले गणेश नेम्वाङको संयोजकत्वमा निर्वाचन १५ सदस्यीय पर्यवेक्षक समिति पनि गठन गरेको छ । पर्यवेक्षक समितिमा डा चन्द्र लक्सम,सुरेशजंग शाह,कर्ण शाही,श्रीप्रसाद लिम्बु,डम्बर लिम्बु,तेज राई,डा सम्पूर्ण ढुंङगाना,डा भरत सिम्खडा,चित्रबहादुर गुरुङ,डा पदम सिम्खडा,दलबहादुर थापा,बिनोद मोक्तान,जंग सुनुवार,बिज्ञान प्रसाइ र बिश्वासदिप तिगेला सदस्य रहेका छन ।NRN

साधारणसभामा एनपिसीसीका क्षेत्रीय अध्यक्ष भोजप्रसाद गुरुङ,नागरिक समाजका संयोजक डा चन्द्र लक्सम्ब,आदिवासी जनजाति महासंघका अध्यक्ष श्रीप्रसाद गुरुङ,संघीय नेपाली समाजका अध्यक्ष भगवान चाम्लिङ,एनआरएन वेलायतका उपाध्यक्षका प्रत्यासी हिराधन राई,एनआरएन ब्रुनाईका अध्यक्ष बिश्वासदिप तिगेला,एनआरएन वेलायतका सल्लाहकार मिलन ज्ञवाली,तामाङ संघ वेलायतका अधयक्ष तथा गेसोका केन्द्रीय सदस्य धर्म तामाङ,पूर्व सभासद तथा नेकपा–माओवादीकी बैकल्पिक केन्द्रीय सदस्य शोभा कट्टेल,जनसम्पर्क समिति वेलायतका महामन्त्री राजकुमार त्रिपाठी,किरात सुसेसका अध्यक्ष जंग सुनुवार,दुरा समाजका अध्यक्ष कर्ण दुरा,आदिवासी जनजाति महिला संघका अध्यक्ष कमला थापा,नेपाल फोरम ग्रिनवीचका अध्यक्ष डा रामकुमार अधिकारी,थकाली समाजका श्याम शेरचन,यतिका महासचिव तथा एनआरएन वेलायतका सल्लाहकार सुरेशजंग शाह,चण्डिराज राई,बिष्णुप्रसाद वाग्ले,डा कवितमान श्रेष्ठ,श्रीप्रसाद लिम्बु,निलहरि घिमिरे,चित्र गुरुङ,चक्र राना,नरेन्द्र कँडेल,एकराज नेम्वाङ,कर्ण शाही,तुल छन्त्याल लगायतले एनआरएनमा गुटबन्दी अन्त्य गरी वेलायतबासी नेपालीको साझा संस्था बनाउनु पर्नेमा जोड दिएका छन । पद र प्रतिष्ठा भन्दा एनआरएनमा बिधिको खाँचो रहेकोमा उनीहरुले जोड दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us