अरुण पूर्वका नौ जिल्ला बन्द

काठमाण्डु टुडे २०७० साउन २२ गते ३:५८ मा प्रकाशित

सुनसरी, २२ साउन । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
पूर्वका झापा इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, तेह्रथुम, सङखुवासभा, भोजपुरलगायत जिल्लामा बिहानैदेखि बन्दको प्रभाव परेको छ । बन्दका कारण पूर्वपश्चिम तथा मेची कोशी राजमार्गमा यातायातका साधन चलेका छैनन् ।

अत्यावश्यक सेवाका एम्बुलेन्स, शव बाहन, प्रेस, दमकल, कुटनीतिक नियोग र दूध ढुवानीका सवारी साधन सञ्चालनमा भने रोक नलगाइएको परिषद्ले जनाएको छ ।
यस्तै बन्दका कारण बजार–पसल शिक्षणसंस्था र उद्योग प्रतिष्ठान ठप्प छन् । बन्दकर्ताले सडकमा निस्किएर बिहानैदेखि ठाउँठाउँमा प्रदर्शन गरिरहेका छन् ।

विक्रम सम्वत १८३१ साल साउन २२ गते आजैका दिन जाली सम्झौता गरेर लिम्बूवान राज्य खोसिएको दिनलाई कालो दिवसका रुपमा स्मरण गर्दै आएको परिषद्ले सोही अनुरुप बन्द आह्वान गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us