सरकारले किर्ते गरेको खुलासा, न्यायाधीशले प्रश्न सोध्दा अग्नि खरेल अक्मकिए

काठमाण्डु टुडे २०७७ माघ ९ गते १३:२३ मा प्रकाशित

काठमाण्डु, ९ माघ– सर्वोच्च अदालतको बिहीबारको इजलासमा प्रतिनिधिसभा विघटनबारे राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको सूचना राजपत्रमा प्रकाशित नभएकोबारे प्रश्न उठ्यो ।

प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै परेको रिटमा निवेदकका तर्फबाट बहसमा भाग लिएका अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएकोबारे प्रश्न उठाएका थिए । लगत्तै प्रधानन्यायाधीश चोलेन्द्रमशशेर राणाले राजपत्रमा प्रकाशित सूचना इजलासमा उपलब्ध गराउन आदेश दिए । सर्वोच्चको आदेशपछि सरकारले रातारात पुरानै मिति राखेर उक्त सूचना राजपत्रमा छापेको छ ।

गएराति छापिएको राजपत्रमा मिति भने २०७७ साल पुस ५ गते राखिएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ५ पुस २०७७ मा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । सर्वोच्चको आदेशमा महान्यायाधिवक्ता अग्नि खरेलले पुरानै मितिमा प्रकाशित राजपत्र इजलासमा पेश गरेका छन् ।

तर, खरेललाई न्यायाधीश अनिलकुमार सिन्हाले आफूले कतै खोज्दा पनि राजपत्रको सूचना नपाएको भन्दै कहाँबाट ल्याउनुभयो भन्ने प्रश्न गरेका थिए । तर, खरेलले आफूले आफ्नो कार्यालयमा सूचना फेला पारेको दाबी गरे । त्यस्तो दाबी गर्दा खरेल अकमकिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us