परराष्ट्रमन्त्री ज्ञवालीको त्यो तस्वीर, जसले हरेक नेपालीको शिर निहुरिन्छ

काठमाण्डु टुडे २०७७ माघ ४ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ४ माघ– आफूलाई अब्बल राष्ट्रवादी दाबी गर्ने नेकपाको केपी ओली समूहका नेता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा सार्वजनिक भएको एउटा तस्वीरले स्वाविभानी नेपालीको शिर निहुरिएको छ ।

ज्ञवालीले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटेको तस्वीरका कारण नेपालीको ‘शिर निहुरिएको’ हो । नेपाल-भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन बिहीबार नयाँदिल्ली पुगेका मन्त्री ज्ञवालीले शनिबार स्वदेश फर्कनुअघि रक्षामन्त्री सिंहलाई भेटेका थिए । भेटका क्रममा ज्ञवालीले धनुष्टंकार शैलीमा झुकेर नमस्कार गरेका छन् । तर, सिंहले नमस्कार फर्काएका छैनन् । बरु ज्ञवालीको हात समातेका छन्, मानौं कि हजुरबाका अगाडि नातिले नमस्कार गरिरहेको छ, र हजुरबाले नातिलाई आशिर्वाद दिइरहेका छन् ।

यस्तै मन्त्री ज्ञवालीको भ्रमण औपचारिकतामा मात्र सीमित भएको छ । नेपालको संसदले लिपुलेक, कालापानी र लिम्लियापुरा समेटेर नयाँ नक्सा जारी गरेपछि भएको ज्ञवालीको भ्रमण पहिलो उच्चस्तरीय भ्रमण थियो ।

विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री सिंह लगायतलाई भेटेका ज्ञवालीले लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रसंगै उठाएनन् । यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्री ज्ञवालीलाई भेट्न अस्वीकार गरे । जबकि भारतीय खुफिया एजेन्सी रअ प्रमुख सामन्तकुमार योगलले प्रधानमन्त्री ओलीलाई गोप्य रुपमा बालुवाटारमा भेटेर गएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us