२३ सय ६४ कोरोना संक्रमित थपिए

काठमाण्डु टुडे २०७७ कार्तिक १३ गते १६:५६ मा प्रकाशित

काठमाण्डु, १३ कात्तिक– नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुसहित देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । कूल ९ हजार ७ सय ६९ जनाको नमुना परीक्षण गरिएकामा उक्त संख्यामा संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

गौतका अनुसार संक्रमित हुनेमा १ हजार ३ सय ८० पुरुष र ९ सय ८४ महिला छन् ।

योसँगै नेपालमा कूल संक्रमित संख्या १ लाख ६४ हजार १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । कूल संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ३२ जना संक्रमणमुक्त भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us