चिनियाँ कम्युनिष्ट पार्टीद्वारा बाबुराम भट्टराईको स्वास्थ्य लाभको कामना

काठमाण्डु टुडे २०७७ कार्तिक १२ गते ८:२५ मा प्रकाशित

काठमाण्डु, १२ कात्तिक– चिनियाँ कम्युनिष्ट पार्टीले पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको स्वास्थ्य लाभको कामना गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पत्र पठाएर भट्टराई दम्पतीको स्वास्थ्यलाभको कामना गरेको उनको सचिवालयले जनाएको छ । भट्टराई दम्पत्ती कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएपछि हाल होम हाइसोलेसनमा छन् । पत्रमा भट्टराई दम्पतीको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

साथै पत्रमा भट्टराईले केही अघि हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका दलहरुबीचको संयुक्त परामर्श संयन्त्रको पहिलो बैठकमा गरेको सम्बोधनको पनि प्रशंसा गरिएको सचिवालयले जनाएको छ ।

भट्टराईले उक्त सम्बोधनमा ‘वान बेल्ट, वान रोड’ परियोजनाको सहयोगलाई अघि बढाउन समर्थन गरेको पत्रमा उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us