२४ घण्टामा ५७४३ जना कोरोना संक्रमितको पुष्टि भएसँगै २६ जनाले गुमाए ज्यान

काठमाण्डु टुडे २०७७ कार्तिक ५ गते १६:५४ मा प्रकाशित

काठमाण्डु , ५ कात्तिक पछिल्लो २४ घण्टामा नेपालमा २०११८ जनाको पिसिआर परिक्षण गरेकोमा ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आजसम्म ४४४७६ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २९९६ जना संक्रमणमुक्त भएका छन् भने देशभर कोरोनाका बिरामीहरु कुल ९९ सय हजार ६ सय ५ जना निको भएका छन् ।

त्यस्ते आज हाल सम्मकै धेरै २६ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us