साताको तेस्रो दिन आज सुनचाँदीको मुल्यमा भारी गिरावट

काठमाण्डु टुडे २०७७ असोज ६ गते १२:०५ मा प्रकाशित

काठमाण्डु , ६ असोज — नेपाली बजारमा साताको तेस्रो दिन आज मंगलबार सुन तोलाका १ हजार ७ सय रुपैयाले घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाका कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार रुपैयामा कारोवार भइरहेको छ । यसैगरी आज चाँदीमा पनि भारी गिरावट आएको छ ।

आज चाँदी तोलामा ९० रुपैया घटेर प्रतितोला १ हजार २सय ३० मा कारोवार भइरहेको महासंघले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us