राहुलले राखे मिरर सेल्फी, मलाइका र करणले उडाए मजाक

काठमाण्डु टुडे २०७६ माघ २४ गते १२:३१ मा प्रकाशित

एजेन्सी– बलिउड अभिनेता राहुल खन्ना ठूलो पर्दाबाट निकै टाढा छन् तर उनी सामाजिक सन्जालमा निकै हिट छन् । दर्शकलाई मनोरन्जन होस् भनेर उनी बारम्बार केही न केही सामाजिक सन्जालमा पोस्ट गरिरहेका हुन्छन् ।

केही दिनअघि पनि उनले एउटा मिरर सेल्फी पोस्ट गरेका छन् । अनि उनको यो सेल्फीले इन्टरनेटमा हंगामा मच्चाएको छ । यो मिरर सेल्फी उनले बाथरुममा लिएका हुन् । उनले जब यो तस्वीर पोस्ट गरे, उनलाई प्रशंसकले मात्र होइन, बलिउडका अरु सेलेब्रिटीले पनि निकै उडाएका छन् ।
त्यसमा पहिलो नम्बरमा छन्, करण जौहर । उनले आफ्नो कमेन्टमा लेखेका छन्– अह । मलाइकाले राहुलको यो तस्वीरले ऐना नै फुटाइदिने लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us