मन्त्री अधिकारीसहित सात जनाको शव सेनाको हेलिकोप्टरले यसरी उठायो(भिडियोसहित)

काठमाण्डु टुडे २०७५ फागुन १६ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, १६ फागुन – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव ताप्लेजुङ्गबाट काठमाण्डु ल्याउने तयारी भैरहेको छ ।

घटनास्थलबाट संकलन गरेर सबै शवहरु ताप्लेजुङको सुकेटार विमानस्थल लगिएको छ । मौसम खराब भएकाले त्यहाँबाट काठमाण्डु ल्याउन कठिनाई भइरहेको छ ।

मौसम अनुकुल भएलगत्तै शवहरु काठमाण्डु पठाइने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए । उनले भने, ‘बाक्लो कुहिरो लागेको छ, हामी रेडी भएर बसेका छौं, मौसम अनुकुल हुनासाथ पठाउँछौं ।’

शवहरू काठमाण्डुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपछि पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजञ्ज लगिने छ । त्यसपछि श्रद्धाञ्जलीको लागि टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलीपछि मृतकका आफन्तलाई शव जिम्मा लगाइने छ ।

मन्त्री अधिकारीको शव गृहजिल्ला कास्की लगिने छ । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरिसकेको छ । मन्त्री अधिकारीसहित सात जनाको निधनमा राष्ट्रिय शोक घोषणा गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ ।

https://www.facebook.com/yogesh.bhattarai.754/videos/10216090938219650/?t=0

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us