खेलकुद

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारलाई

२०७२ असोज ३० गते १६:२३

काठमाण्डु, ३० असोज-यस वर्षको राष्ट्रिय लिग फुटबलको उपाधि थ्रीस्टार क्बलले जितेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार भएको अन्तिम खेललमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हराउँदै थ्रीस्टार च्याम्पियन बन्न सफल भएको हो । थ्रीस्टारको जितमा विदेशी खेलाडी अफिज अवालेले ४७ औँ र विजय धिमालले...

त्रिभुवन आर्मी क्लब विजयी

२०७२ असोज २९ गते १९:०६

काठमाण्डु, २९ असोज-राष्ट्रिय लिगअन्तर्गत शुक्रबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीले पुलिसलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीलाई...

नेपाल विश्वकपको नजिक, दोस्रो खेलमा पनि शानदार जित

२०७२ असोज २९ गते १३:५१

काठमाण्डु, २९ असोज– १९ बर्षमुनिको विश्वकप छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी छनोटमा बिहीबार पपुवान्यूगिनीलाई सहजै हराएर नेपालले शुक्रबार युगान्डालाई पनि सहजै हरायो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान राजु रिजालको शतकसँगै २४३ रनको चुनौति दिएको...

खेलाडीले गरे राज्यविरुद्ध गम्भीर षड्यन्त्र…

२०७२ असोज २८ गते १८:४४

काठमाण्डु, २८ असोज– अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पैसा लिएर म्याचफिक्सिङ खेलमिलेमतो गरेको आरोपमा पक्राउ परेका पाँच राष्ट्रिय खेलाडीलाई प्रहरीले राज्यविरुद्ध गम्भीर षड्यन्त्र गरेको अभियोग लगाउँदै अनुसन्धान सुरु गरेको छ। राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई, रितेश थापा, विकास सिंह क्षेत्री तथा...

मलेसियामा नेपालको कमाल

२०७२ असोज २८ गते १२:१७

काठमाण्डु, २८ असोज– यू–१९ विश्वकप छनोट क्रिकेटमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि ९ विकेटको जित हात पारेको छ ।   मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णय सही सावित भयो । पहिले व्याटिङ गरेको...

अन्डर १९ विश्वकप छनोटमा नेपालको सानदार सुरुवात, पीएनजीसँग लय समात्ने नेपालको अपेक्षा

२०७२ असोज २८ गते १०:१५

काठमाण्डु, २८ असोज– अण्डर १९ विश्वकप छनोटको पहिलो खेलमा नेपालले सानदार  सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरमा टस हारेर पहिले व्याटिङ गरेको पपुवा न्युगिनी २८ दशमलव ओभरमा ४८ रन बनाएर अलआउट भयो । उसको लागि लुइया गुभाले १३ र नोउ टोवाले ११ रन वनाउनु...

थ्रीस्टार, मनाङ र आर्मी उपाधी होडमा

२०७२ असोज २७ गते १९:११

काठमाण्डु, २७ असोज– मनाङ मस्र्याङ्दी क्लबले नेपाल प्रहरी क्लबलाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधिको सम्भावनालाई बलियो बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको सो प्रतियोगितामा मनाङ मस्र्याङ्दीले प्रहरीलाई १–० गोलअन्तरले पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिता उपाधिको सम्भावनालाई बलियो बनाएको...

म्याच फिक्सिङको आरोपमा सागर थापा पक्राउ

२०७२ असोज २७ गते १८:५७

काठमाण्डु, २७ असोज– म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापा प्रहरी फन्दामा परेका छन् । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा मिलेमतो गरेको आरोपमा थापासहित ५ खेलाडी पक्राउ परेका हुन् । उनीसँगै पक्राउ पर्नेमा विकाससिंह क्षेत्री, सन्दिप राई, रितेश थापा र प्रशिक्षक...

दसैँका अवसरमा फुटबल प्रतियोगिता

२०७२ असोज २७ गते ९:५०

भीमदत्तनगर, २७ असोज – जय शिवनगर कप फुटबल प्रतियोगिताको नवौँ संस्करण मंगलबारदेखि कञ्चनपुरको शिवनगरमा सुरु भएको छ । जिल्ला फुटबल संघका अध्यक्ष भीम थापाले प्रतियोगिताको उद्घाटन गर्दै फुटबलको विकासका लागि मोफसल क्षेत्रमा यस्ता प्रतियोगिताको आयोजना हुनु जरुरी रहेको बताए । सिद्धेश्वर युनेस्को समाज शिवनगरको...

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा थ्रीस्टार शीर्ष स्थानमा

२०७२ असोज २६ गते १९:२०

काठमाण्डु, २६ असोज-थ्रीस्टार क्लबले विभागीय टोली शसस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा थ्रीस्टारले एपिएफलाई ३–१ गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । जारी प्रतियोगितामा १५...

नेपाली युवा क्रिकेट टोली विश्वकप छनोटमा

२०७२ असोज २६ गते १२:२४

काठमाण्डु, २६ असोज– मलेसियामा हुने उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा खेल्न नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।   नेपाल क्रिकेट सङ्घ क्यानद्वारा आयोजित एक कार्यक्रममा १७ सदस्यीय नेपाली टोलीलाई क्यानका पदाधिकारीहरुले सफलताको शुभकामना दिँदै बिदाइ गरे । टोलीमा १४ सदस्यीय खेलाडीसहित...

खेलकर्मीको ओलीलाई बधाइ

२०७२ असोज २५ गते १९:४४

काठमाण्डु– खेलकर्मी तथा पर्वतारोहिहरुले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई भेटेर बधाई दिएका छन् । कीर्तिमानी विश्व पर्वतारोही एवंम् लामो दुरीका धाव क संजय पण्डित तथा राखेपका पूर्वउपाध्यक्ष पिताम्बर तिम्लिसिना लगाएत खेलकर्मीहरुले ३८ औ प्रधानमन्त्री केपी ओलीलाई बधाई ज्ञापन गरेका हुन् । बधाई कार्यक्रममा प्रधानमन्त्री ओलीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us