काठमाण्डु, २६ फागुन – विश्वकप छनोट अन्तर्गत अफगानिस्तानविरुद्ध खेलिरहेको नेपालले ५० रन पूरा गरेको छ । १४.२ ओभरमा १ विकेट गुमाएर नेपालले ५० रन पूरा गरेको हो । कप्तान पारस खड्का ३१ रन बनाएर खेलिरहेका छन् भने ज्ञानेन्द्र मल्ले १२ रन बनाएर उनलाई साथ...
काठमाण्डु, २६ फागुन – अफगानिस्तानविरुद्ध नेपाली टोलीमा दुर्इ जना खेलाडी परिवर्तन गरिएको छ । स्कटल्याण्डविरुद्धको खेलमा खेलेका शरद भेषावकर र दीलिप नाथ नखेल्ने भएका छन् । उनीहरुको स्थानमा करण केसी र अनिलकुमार साहलार्इ मौका दिइएको छ । ह्यामस्ट्रङ इन्जुरीका कारण शरद नखेल्ने भएका हुन्...
बागलुङ, २६ फागुन – स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङद्वारा आयोजित कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि डिग्नीटी कलेज बागलुङले जितेको छ । शुक्रबार क्याम्पसकै फुटबल मैदानमा भएको फाइनल खेलमा फ्यूचर ब्राइटर माविलाई १–० को गोल अन्तरले पराजित गर्दै डिग्निटी विजेता बन्न सफल भएको हो...
काठमाण्डु, २५ फागुन – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठलाई प्ले अफको अतिरिक्त दोस्रो होलमा हराउदै धन बहादुर थापा वेस्टर्न ओपन गल्फको उपाधी जित्न सफल भएका छन । अन्तिम दिन शिवरामले २ अन्डर ७० र धनले १ ओभर ७१ अंक जोडदा दुवै समग्रमा ६...
काठमाण्डु, २५ फागुन – आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तानको सामना गर्नेछ । जिम्बावेमा जारी उक्त प्रतियोगितामा नेपालले शनिबार बुलावायोस्थित एथ्लेटिक क्लबमा नेपाली समयअनुसार दिउँसो १ः १५ बजे अफगानिस्तानको सामना गर्नेछ । एक दिवसीय खेलमा नेपाल र अफगानिस्तान...
एजेन्सी । इङलिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा ईटालीयन क्लब एसी मिलानलाई २–० ले पराजित गरेको छ । प्रतियोगिताअन्र्तगत बिहीबार राति एसी मिलानको घरेलु मैदानमा सम्पन्न प्रि–क्वाटरफाईनलको पहिलो लेगमा आर्सनललाई बिजयी गराउन खेलको १५ औं मिनेटमा हेनरिक मखिटार्यनले र पहिलो हाफको इन्जुरी समयमा आरोन...
काठमाण्डु, २४ फागुन – विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा नेपालले दिएको १५० रन पछ्याउँदै स्कटल्याण्डको पहिलो विकेट गएको छ । पहिलो ओभर बलिङ गर्न आएका सन्दीप लामिछानेले म्याथ्यु क्रसलाई पारस खड्काको हातबाट क्याचआउट गराएका हुन् । नेपालका लागि ओपनर सोमपाल कामी र वसन्त रेग्मीले...
काठमाण्डु, २४ फागुन – विश्वकप छनोट अन्तरगतको दोस्रो खेलमा स्कटल्याण्डविरुद्ध टस जितेर ब्याटिङ रोजेको नेपाललले स्कटल्याण्डसामु १५० रनको झिनो विजयी लक्ष्य प्रस्तुत गरेको छ । सुरुवातदेखि नै खराब प्रदर्शन गरेको नेपालले ४७ ओभर ४ बलमा आफ्ना सबै विकेट गुमाउँदै १४९ रन बनाएको हो ।...
काठमाण्डु, २४ फागुन – आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध ब्याटिङमा संघर्ष गरिरहेका बेला कप्तान पारस खड्काले अर्धशतक प्रहार गरेका छन् । दोस्रो ओभरमा नै क्रिजमा आएका पारसले ६८ बल खेल्दै ५० रन जोडे । जसमा ८ चौका सामेल छ । नेपालले २५...
काठमाण्डु, २४ फागुन – विश्वकप क्रिकेट छनोटको दोस्रो खेल स्कटल्यान्डविरुद्ध खेलिरहेको टीम नेपालको पाँचौ विकेट झरेको छ । नेपालको पाँचौ विकेटको रुपमा आरिफ शेख २ रनमा आउट भएका छन् । उनलाई रिकी ब्रिङ्घटनले आउट गरेका हुन् । नेपालले अहिले ५ विकेटको क्षतिमा ३९ रन...
काठमाण्डु, २४ फागुन – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको इतिहासमा एउटा कोशेढुंगा पार गरेका छन् । उनले तीस वटा लिस्ट ए म्याच खेल्दै एक हजार रन पूरा गरेका छन् । खड्काले सन् २०१४ जनवरी १३ मा युएईविरुद्धको खेलबाट लिष्ट ए...
काठमाण्डु, २४ फागुन – आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले स्कटल्याण्डविरुद्ध निकै खराब शुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ थालेको नेपालले ४ ओभर २ बलमा १४ रन जोड्दा ४ विकेट गुमाएको छ ।दिलिप नाथ ४, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल समान १–१...