रंग-तरङ

सलमान खानविरुद्ध बोल्दा माग्ने बुढा यसरी फसे !

२०७४ फागुन १९ गते १५:०६

काठमाण्डु, १९ फागुन – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ले सलमान खानविरुद्ध दिएको अभिव्यक्तिमा माफी मागेका छन् । उनले भारतीय अभिनेता सलमान खानको नेपाल भ्रमण स्थगित भएको विषयमा उनले सो स्टाटस लेखेका थिए । सलमान नेपाल नआउँदैमा दुखी हुनु नपर्ने उनको टिप्पणी थियो ।...

सलमान खान वैशाखमा नेपाल आउने

२०७४ फागुन १९ गते १४:३८

काठमाण्डु, १९ फागुन – फागुन २६ गते टुडिँखेलमा हुने भनिएको बलिउड अभिनेता सलमान खानको ‘दबंग द टूर नेपाल’ कार्यक्रम २०७५ वैशाख पहिलो साता हुने भएको छ । आयोजक ओडिसी इन्टरटेनमेन्टले विज्ञप्ति जारी राख्दै सो जानकारी गराएको हो । विज्ञप्तिमा उसले विशेष कारणले निर्धारित समयका...

दुई वर्षपछि अभिषेक बच्चन हिरो बनेर फर्किए

२०७४ फागुन १९ गते १०:१०

एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन पछिल्लो दुई वर्ष कुनै फिल्ममा देखिएका छैनन् । तर यो सिलसिलाको अन्त्य भएको छ । उनले ‘मनमर्जिया’मा काम गर्न थालेका छन् । दुई वर्षपछि ट्विटमा उनले यसका लागि शुभेक्षा मागेका छन् । फिल्म सुटिङको एकदिन अगाडी उनले फिल्मको...

यसकारण भयो सलमान खानको नेपाल भ्रमण स्थगित !

२०७४ फागुन १८ गते १३:०५

काठमाण्डु, १८ फागुन – बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो । सलमानको ‘दबंग द टुर’ १० मार्चमा काठमाण्डुमा हुने तय...

फिल्म ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ लाई पिजी सर्टिफिकेट…(हेर्नुस् ट्रेलरसहित)

२०७४ फागुन १७ गते १६:१३

काठमाण्डु, १७ फागुन – पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जयकिशन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबारदेखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ...

फिल्म ‘डमरुको डन्डीबियो’ बैशाख २१ देखि प्रदर्शनीमा

२०७४ फागुन १७ गते १२:३४

काठमाण्डु, १७ फागुन – आगामी बैशाख २१ गतेदेखि फिल्म ‘डमरुको डन्डीबियो’ प्रदर्शनमा आउने भएको छ । छेतेन गुरुङ निर्देशित यो फिल्म वैशाख २१ देखि देशव्यापी प्रदर्शनमा आउन लागेको विनोद गुरुङले जानकारी दिए । बाबु र छोराबीचको सम्बन्ध र द्वन्द्वलाई पस्किन खोजिएको फिल्मको पटकथा अभिनेता...

जब श्रीदेवीको ट्वीटरबाट बोनी कपुरले यस्तो सन्देश जारी गरे…

२०७४ फागुन १७ गते ११:४०

एजेन्सी । २८ फेब्रुअरी रातमा बलिउड अभिनेत्री श्रीदेवीको ट्वीटर ह्याण्डलबाट ट्वीट भयो । ट्वीटमा जारी सन्देश पढेपछि धेरैले थाह पाए, श्रीदेवीको ट्वीटर ह्याण्डलबाट उनका श्रीमान् बोनी कपुरले सन्देश जारी गरेका रहेछन् । बोनी कपुरले लेखेका छन्, ‘एउटा साथी, श्रीमती एवं जवान छोरीहरुको आमाको अभावलाई...

‘ह्याप्पी बर्थडे’ प्रियंका !

२०७४ फागुन १५ गते १३:१३

काठमाण्डु, १५ फागुन – अभिनेत्री प्रियंका कार्कीको आज जन्मदिन परेको छ । २७ फेब्रुअरी १९८७ मा काठमाण्डुको लाजिम्पाटमा जन्मेकी प्रियंका अहिलेकी सबैभन्दा व्यस्त नायिका हुन् । लगातार फिल्महरु फ्लप हुँदै गए पनि उनको व्यस्ततामा त्यसले कुनै असर गरेको छैन । अचेल नायक आयुष्मान देशराज...

श्रीदेवीको मृत्यु पानीमा डुबेर !

२०७४ फागुन १४ गते १७:५७

एजेन्सी । बलिउडकी सुपरस्टार श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको तथ्य बाहिर आएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयको तर्फबाट जारी भएको सर्टिफिकेटमा श्रीदेवीको मृत्यु पानीमा डुबेर भएको बताइएको छ । चर्चित अभिनेत्री श्रीदेवीको फेब्रुअरी २४ मा दुबईमा निधन भएको थियो । उनी आफ्नो...

हङकङ प्रहरीद्धारा नेपाली चलचित्र ‘२ रुपैयाँ’ प्रदर्शनीमा रोक

२०७४ फागुन १४ गते १३:५०

काठमाण्डु, १४ फागुन – हङकङ प्रहरीले नेपाली चलचित्र ‘२ रुपैयाँ’ को प्रदर्शनमा रोक लगाएको छ । आइतवार जे हेनेरी ल्यूङ कम्युनिटी हल युमातेईमा प्रदर्शन गर्न थाल्दा उक्त चलचित्र प्रदर्शनीमा रोक लगाइएको थियो । बाजपाटन समाज र जोर्डन गायजले ‘पोखराका अनाथ बालबालिकाको सहयोगार्थ‘ चलचित्र प्रदर्शन...

‘सँगै जिउने सँगै मर्ने’ भन्दै तरकारीवाली नाचेपछि…(भिडियो सहित)

२०७४ फागुन १४ गते १३:१०

काठमाण्डु, १४ फागुन – तरकारीवालीबाट परिचित कुशुम श्रेष्ठ अभिनित चलचित्र ‘लम्फू’को पहिलो गीत ‘सँगै जिउने सँगै मर्ने’को भिडियो सार्वजनिक भएको छ । गीतमा तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठको अलवा कबिर खड्का र मरिष्का पोखरेल, चाँदनी शर्मा र सञ्जित भण्डारीको समेत अभिनय देख्न सकिन्छ ।...

फिल्म ‘मिस्टर भर्जिन’को रमाइलो गीत ‘टुल्की’को भिडियो सार्वजनिक

२०७४ फागुन १३ गते १७:१०

काठमाण्डु, १३ फागुन – चलचित्र ‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिन अघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाण्डुमा एक विशेष कार्यक्रम बीच ‘टुल्की’को भिडियो सार्वजनिक गरिएको थियो । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसनको युट्युब च्यानलमा अपलोड गरिएको गीतमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us