सिन्धुपाल्चोक,७ जेठ-अल्पसङ्ख्यक ह्योल्मो जातिको उद्गमस्थल पर्यटकीय गाउँ हेलम्बु अहिले सुनसान बनेको छ । समुद्र सतहबाट सात हजार ५०० फि उचाइमा रहेको यो ठाउँ एक महिनाअघिसम्म आन्तरिक र बाह्य पर्यटकले खचाखच भरिन्थ्यो । ह्योल्मो जाति र उनीहरूको रहनसहन र संस्कृतिबारे अध्ययन गर्नेहरू त्यहाँ पुग्थे तर...
काठमाण्डु,७ जेठ-प्रधानमन्त्री सुशील कोइरालाले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक,सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिइने बताएका छन् । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भने– ‘उनीहरुले पेट काटेर पठाएका...
सप्तरी,७ जेठ-राजविराजस्थित गजेन्द्रनारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा चिकित्सकको लापर्बाहीले एक व्यक्तिको मृत्यु भएको भन्दै बिहीबार बिहानैदेखि अस्पतालको दक्षिण ढोका हनुमाननगर मेनरोडमा आफन्तले चक्काजाम गरेका छन् । राजविराज–८ निवासी ७२ वर्षीया शिवनारायण मधुमेह,टाइफाइड,झाडापखाला,रक्तचापलगायत विभिन्न रोगबाट पीडित देवलाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । आफन्तले...
पर्सा,७ जेठ-पर्साको सुपर्णपुरमा दुर्लभ अजिङ्गर फेला परेको छ । सुवर्णपुर गाविसको बागमोर्चा टोलमा करिब चार किलोको अजिङ्गर फेला परेको हो । फेला परेको दुर्लभ अजिङ्गरलाई चोरी सिकारी नियन्त्रण युवा अभियानको टोलीले नियन्त्रणमा लिई पर्सा वन्यजन्तु आरक्षको जिम्मा लगाएको अभियानका अध्यक्ष देवीप्रसाद दाहालले बताए ।...
मोहत्तरी, ७ जेठ–महोत्तरीको बर्दिवासमा एकजनाले आफ्नी छोरीको विवाहमा दाइजोमा लालपुर्जा दिएका छन् । बर्दिवास– १ बस्ने सत्यनारायण महतोले छोरी कल्याणीकुमारी महतोलाई विवाहमा दाइजोस्वरुप लालपुर्जा दिएको बताए । सिरहा जिल्लाको मिर्चैया बस्ने रामचन्द्र महतोका छोरा अनिल महतोसँग छोरी कल्याणीको विवाह भएको हो । दुलहाका बुबा...
सुनसरी, ७ जेठ– सुनसरीको हरिपुर गाविसमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर गाविस– ५ बस्ने ६५ वर्षीय प्रेमबहादुर मगर रहेको सुनसरी प्रहरीले जनाएको छ । बुधबार राति आरक्षबाट निस्केको हात्तीले आज बिहान ४ बजे मगरलाई हरिपुर–५ स्थित केराबारी...
पर्वत, ७ जेठ–भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त तिलहार–३ गिज्यानस्थित तुलोदय माविमा स्वयंसेवी र नेपाली सेनाले अस्थायी कोठा निर्माण गरेका छन् । ‘विपद् व्यवस्थापनमा युवा, पुनःनिर्माणका लागि युवा स्वयंसेवा’ अभियान पोखराको युवा स्वयंसेवी टोली तथा र कुस्मास्थित रणदल गुल्मका सैनिकले ती कक्षाकोठा निर्माण गरिसकेका छन् ।...
विप्लव रामेछापमा खटिने, प्रभावित प्रत्येक जिल्लामा केन्द्रीय नेताको नेतृत्वमा टोली खटाइने काठमाण्डु, ७ जेठ–नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भूकम्पबाट बढी प्रभावित भएका जिल्लाहरुमा उद्दार तथा राहात बितरण र पुनर्निर्माणको दोश्रो चरणको आभियानको सुरुवात बिहीबारबाट गर्ने भएको छ । माओवादी प्रवक्ता खडकबहादुर विकले दिएको...
म्याग्दी, ७ जेठ–म्याग्दीमा स्थानीय बासिन्दाले अतिक्रमण गरेको ६० हेक्टरभन्दा बढी वन क्षेत्र सामुदायिक वनलाई नै फिर्ता गरेका छन् । म्याग्दीको बाबियाचौर इलाका वन कार्यालयका निमित्त सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले स्थानीय समुदायमा आधारित वन अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गरेपछि बाबियाचौर रेन्जपोस्टअन्तर्गतका पाँचवटा सामुदायिक वन...
पोखरा, ७ जेठ – वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखा कारागारको भवन र पर्खाल ठाउँ ठाउँमा चर्केको छ । बारम्बार भूकम्पका पराकम्पन आइरहने र ती कम्पनका केन्द्रबिन्दु दोलखा र गोरखा हुँदा त्यहाँ रहेका बन्दीमा भय र त्रासको वातावरण पैदा भएको कारागारका जेलर मोहनबहादुर थापाले...
म्याग्दी, ७ जेठ – देशका विभिन्न स्थानमा हालैको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका मृतकको चिरशान्तिको कामना गर्दै बुधबारदेखि म्याग्दीको बेनीमा श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ सुरु भएको छ । क्षेत्री समाज नेपाल जिल्ला शाखा म्याग्दीले भूकम्पले पु¥याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाको चिरशान्ति...
पोखरा, ७ जेठ– ‘विपद् व्यवस्थापनमा युवा, पुनःनिर्माणका लागि युवा स्वयम्सेवा’ अभियानअन्तर्गत युवा स्वयम्सेवी टोलीले पर्वतमा पनि विद्यालयमा अस्थायी राहत कक्षा कोठा निर्माण गरेको छ । युवा स्वयम्सेवा समन्वय उपसमितिका संयोजक दीपेन्द्र श्रेष्ठका अनुसार टोलीले पर्वतको तिलहार गाविसको गिज्याङमा रहेको तुलोदय माविमा तीन वटा अस्थायी...