समाचार

सभामुख नेम्वाङ र जापानी राजदूत मासासीबीच भेटवार्ता

२०७२ जेठ ८ गते ११:१७

काठमाण्डु, ८ जेठ– सभामुख सुवास नेम्वाङसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले शुक्रबार अपराह्न सभामुखको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच जापान– नेपाल सम्बन्धका साथै भूकम्पका कारण उत्पन्न नेपालको असहज अवस्था, जापानी सहयोग, संविधान लेखनमा भएका प्रगतिबारे छलफल भएको संसद् सचिवालयले...

पहिरोको अध्ययनका लागि भूगर्भविदहरुको टोली परिचालन

२०७२ जेठ ८ गते १०:२६

काठमाण्डु,८ जेठ-खानी तथा भूगर्भ विभागले भूकम्पपछि पहिरोको जोखिम अध्ययन गर्न अति प्रभावित छ जिल्लामा परिचालन गरेको १८ वटा समूहले शुक्रबारदेखि काम सुरु गरेको छ । भूकम्पपछि आएको सुख्खा पहिरोले बस्ती जोखिममा छरछैन,जोखिममा भएका बस्तीलाई कहाँ सार्ने भन्ने विषयमा अध्ययन गर्न समूह खटाइएको विभागका महानिर्देशक...

खोप्लाङ पुगेर भट्टराईले भने, ‘आफ्नो गाउँको डिजाइन आफै गर्छु’

२०७२ जेठ ८ गते ९:५८

काठमाण्डु, ८ वैशाख–एमाओवादीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई भूकम्प पीडितहरुको उद्धारका लागि माओवादीले सञ्चालन गरेको ‘राष्ट्रिय  श्रम अभियान–२०७२’ अन्तर्गत आफ्नो जन्म गाउँ खोप्लाङ पुगेका छन् । केही दिनदेखि गोरखाका विभिन्न गाउँमा पुगेका भट्टराई शुक्रबार मात्र आफ्नो जन्मगाउँ पुगेका हुन् ।  जन्म गाउँ पुगेर...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा कृपासुर नियुक्त

२०७२ जेठ ८ गते ९:४३

काठमाण्डु, ८ जेठ-प्रधानमन्त्री सुशील कोइरालाले संस्कृति, पर्यटन तथा  नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेका छन् । प्रधानमन्त्री कोइरालाले उनलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिएका छन् । प्रधानमन्त्री सुशील कोइरालाले शुत्रबाmर संविधानको धारा ३८ को उपधारा ५ बमोजिम व्यवस्थापिका–संसद्का...

गाउँ ध्वस्त छ, निर्माणमा जुट्ने युवाशक्ति शहर र विदेशमा !

२०७२ जेठ ८ गते ९:०९

नुवाकोट,८ जेठ- नुवाकोट जिल्लाको महाकाली गाविसमा भूकम्पपीडितसँग प्रशस्त स्रोत साधन हुँदा पनि निर्माण गर्ने मान्छे नहुँदा समस्या परेको छ । काठमाण्डुको बसपार्कबाट ३५ किलोमिटर उत्तरमा रहेको यस गाउँमा रहेका अधिकांश युवा सहर बजार र विदेश भएपछि भूकम्पले भत्केका घरटहराको पुनःनिर्माणमा स्रोत साधन हुँदासमेत समस्या...

एउटा रुखमा विवाद भएपछि खुकुरी हानाहान, एकजना गम्भीर घाइते !

२०७२ जेठ ८ गते ८:४६

महोत्तरी,८ जेठ-रुख काटेको विषयमा दाजुभाइबीच खुकुरी प्रहार हुँदा महोत्तरीको गौशालामा दुई जना गम्भीर घाइते भएका छन् । शुक्रबार बिहान गौशाला नगरपालिका–६ विर्तामा दाजुभाइबीचको विवादित जग्गामा रहेको मसलाको रुख काट्ने विषयमा झडप हुँदा ३५ वर्षीय रमेशकुमार साह र ३२ वर्षीय मोहन साह घाइते भएको हो...

६ महिनाका लागि पुग्ने खाद्यान्न र पेट्रोलियम पदार्थ भण्डारण गर्छौं : आपूर्ति मन्त्री

२०७२ जेठ ८ गते ८:४६

काठमाण्डु, ८ जेठ– वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भुकम्प र त्यसपछि आउन सक्ने सम्भावित विपत्तिको बेला आपूर्ति ब्यवस्था सहज पार्न आगामि ६ महिनालाई पुग्ने गरी खाद्यान्न र पेट्रोलियम पदार्थको भण्डारण गर्ने तयारीमा रहेको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कार कार्यक्रममा उनले भुकम्प प्रभावित...

बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

२०७२ जेठ ८ गते ८:३६

दमौली,८ जेठ-पृथ्वी राजमार्गको दमौली–डुम्रे सडकखण्डअन्तर्गत पर्ने तनहुँको ब्यास–१ तालघरेमा शुक्रबार बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्करबाट मृत्यु हुनेमा पोखरा उपमहानगरपालिका–९ बस्ने ३३ वर्षीय सुरजकाजी श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएकी मोटरसाइकलको...

पर्यटन मन्त्रीमा शेर्पा सिफारिस

२०७२ जेठ ८ गते ८:००

काठमाण्डु,८ जेठ-  नेकपा एमालेले संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा सभासद् कृपाशूर शेर्पालाई सिफारिस गरेको छ । यसअघि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका दीपकचन्द्र अमात्यले पार्टीमार्फत राजीनामा दिएकाले नयाँ मन्त्री नियुक्त गर्न लागिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए । मन्त्रीमा शेर्पालाई शुक्रबारै नियुक्ति गरी...

म्याग्दीमा अक्करे भीर खसेर पाँच घर छोप्यो !

२०७२ जेठ ८ गते ७:४८

म्याग्दी,८ जेठ-वैशाख १२ गतेको भूकम्प र पटक–पटकको पराकम्पनका कारण चर्किएको पहाड भत्किएर म्याग्दीको भगवती गाविस–२ बैसरीमा शुक्रबार बिहान सुख्खा पहिरो गएको छ । कालीगण्डकी नदी पारी रहेको राम्चे गाविस–९ मा पर्ने काफलडाँडाको भिरबाट खसेको पहिरोले नदीवारि रहेको बैसरीका पाँचवटा घर भत्काएको छ । बिहान...

भूकम्प पीडितका पालका टहराभित्र सर्प पस्न थाले !

२०७२ जेठ ८ गते ७:१८

भक्तपुर,८ जेठ-भूकम्प र पटकपटकका पराकम्पनका कारण पालमा बसेका भूकम्पपीडितलाई बाघ, चितुवा र सर्पले दुःख दिएपछि रातभरि त्रासैत्रासमा बस्नु परेको छ । नगरकोट,वागेश्वरी,सुडाल,छालिङ, चाँगु, दधिकोटको विरुजा,तर्खगाल,गुण्डु,सिपाडोललगायतका क्षेत्रमा बाघ र चितुवाको बिगबिगी बढेपछि यहाँका बासिन्दा रातभरि पालो गरेर सुत्न थालेका छन् । रातभरि पालनजिकै बाघ, चितुवा...

प्रधानमन्त्री राहत तथा उद्धारकोषमा सामाजिक अगुवालाई पनि समावेश गर्नुपर्ने माग

२०७२ जेठ ८ गते ७:१३

काठमाण्डु, ८ जेठ–प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुसँग भूकम्प पीडितहरुलाई दिइने राहत, पुनस्थापना र पुनर्निर्माणका विषयमा छलफल गरेका छन् । राहत र पूनर्निमाण्को वियामा कुरा गर्न प्रधानमन्त्री कार्यलय पुगेका कलाबारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजेश हमाल, म्यागासेसे पुरस्कार विजेता महावीर पुन, नेपाली...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us