काभ्रे, ११ जेठ– श्रम अभियानमा जुटिरहेका एक मजदुर नेताको खुट्टामा ढुङ्गाले लाग्दा खुट्टा भाँचिएको छ । एमाओवादी पोलिटब्युरो सदस्य लिलामणि पोख्रेलको नेतृत्वमा काभ्रेको जैसिथोकस्थित पञ्चकन्या निमाविमा श्रम गर्न पुगेका अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेका उपाध्यक्ष एवम् मजदुर नेता हरेराम उप्रेतीको खुट्टा भाँचिएको हो...
दोलखा, ११ जेठ– एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्पबाट घरबारविहीन भएकाहरुलाई पूर्वमाओवादी लडाकु र भुटानी शरणार्थी शिविरमा राख्नुपर्ने बताएका छन् । दोलखाको चरिकोटमा सोमबार आयोजित एक कार्यक्रममा उनले वर्षात सुरु हुनै लागेकाले तत्काल घर बनाउन नसकिने भन्दै लडाकु शिविर र शरणार्थी शिविरलाई भूकम्पपीडितको आश्रय...
काठमाण्डु, ११ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडितहरुका निमित्त आएको राहत रकम र सामग्रीको दुरुपयोग गर्नेलाई जेल हाल्ने चेतावनी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान विभिन्न बैक र संघ–संस्थाबाट भूकम्प पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएका चेक ग्रहण...
काठमाण्डु,११ जेठ-भूकम्पपछिको पुनःनिर्माणलाई नेपालको सापेक्षता र विशिष्ठतामा अगाडि बढाउन जापानी विज्ञ तथा प्राविधिकहरुले सुझाव दिएका छन् । उनीहरुले नेपालको आवश्यकता र जनताको चाहनालाई आत्मसात् गर्दै स्थानीय स्रोत र साधनको प्रयोग गर्नुपर्ने र विपद् व्यवस्थापनको अन्तर्राष्ट्रिय अनुभवलाई समेत नजिकबाट नियाल्नुपर्ने बताएका छन् । ...
काठमाण्डु,११ जेठ-सरकारले घोषणा गरेको प्राथमिकता प्राप्त राष्ट्रिय सहिद तथा शान्ति स्मारक काम थालेको नौ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । विसं ०६२र०६३ को जन आन्दोलनपछि पुनःस्थापित संसद्ले स्वतन्त्रता प्राप्तिका लागि बलिदान गर्ने सहिदको सम्मानमा स्मारक निर्माणका लागि पारित गरेको सङ्कल्प प्रस्तावका आधारमा...
काठमाण्डु,११ जेठ-‘इच्छामृत्यु’ भन्दै आत्महत्या गरेका सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव सोमबार त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण गरिएको छ । उनको शव ‘सुसाइट नोट’मा उल्लेख भएबमोजिम सो अस्पताललाई हस्तान्तरणपछि हिन्दू धार्मिक संस्कारअनुसार कुशको शव बनाएर दाहसंस्कार गरिएको उनका भाइ चेतराज उप्रेतीले जानकारी दिए...
काठमाण्डु, ११ जेठ– नेपाल पत्रकार महासंघले सरकारले पछिल्लो समयमा शान्ति सुरक्षा कायम राख्ने बहानामा नेपाली सञ्चारमाध्यामहरुमा बढाएको निगरानीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले मुलुकमा विपत्ति आएको बेला दिनरात नभनी खटिरहेका केही अनलाइन समाचार माध्यामहरु बन्द गराएको र...
काठमाण्डु,११ जेठ-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले भूकम्पका कारण विस्थापित भएका जनताको घर पुनःनिर्माण गर्दा उनीहरुको सेवाको भावनालाई केन्द्रमा राखेर अघि बढ्न स्वयम्सेवकलाई निर्देशन दिएका छन् । टोखा नगरपालिका–३ स्थित फैडोलमा स्वयम्सेवकले गरेको स्थानीयको घर टहरा पुनःनिर्माणको निरीक्षण गर्दै उनले अहिले मुलुकमा उत्पन्न भएको...
काठमाण्डु,११ जेठ-विशेष अवस्थामा विशेष स्याहारको आवश्यकता पर्ने गर्भवती र सुत्केरी टुँडिखेलका पालमा कष्टकर दैनिकी बिताउन बाध्य भएका बेला महिला पुनःस्थापना केन्द्रले ‘स्नेह केन्द्र’ सञ्चालन गरेको छ । विशेष पाल र खानपानको व्यवस्थासहित सञ्चालित ‘महिला सुरक्षित स्थान’मा तीन महिनाका सुत्केरी र गर्भवती मात्र बस्छन्...
काठमाण्डु, ११ जेठ– कतारमा सन २०२२ मा हुने विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा जुटिरहेका भूकम्पबाट प्रभावित नेपाली कामदारलाई स्वदेश फर्कन त्यहाँको कम्पनीले रोकेको छ । कतिपय यस्ता कामदार पनि छन् जो आफन्तको अन्तिम संस्कारमा सहभागी हुन नेपला फर्कन चाहन्छन् तर त्यहाँको कम्पनीले अनुमति दिएको...
काठमाण्डु,११ जेठ-गत वैशाख १२ र २९ गते नेपाल र नेपालीले झेलेको भूकम्पको त्रासदी शनिबार र मङ्गलबार परेकाले हरेक साता शनिबार र मङ्गलबार नजिकिँदा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको पाइएको छ । दिनरातका पराकम्पका त्राससँगै २९ गते यताका शनिबार र मङ्गलबार मानिसहरू विशेष सचेत भएका...
दोलखा,११ जेठ-दोलखामा १४ दिनदेखि पहिरोमा पुरिएरका एक वृद्धको सोमबार उत्खनन गरिएको छ । गत वैशाख २९ गतेको पराकम्पनपछि आएको पहिरोमा पुरिएका सुरी गाविस–२ का ७३ वर्षीय चेतबहादुर गुरुङको शव उत्खनन गरिएको हो । गाईबस्तु चराउन गएका गुरुङको शव सुरी गाविसको खहरे भिरबाट नेपाली...