दुई सय ७० बण्डल जस्तापाता स्थानीयको कब्जामा काठमाण्डु, १६ जेठ–अर्थमन्त्री रामशरण महतका भतिज तथा पिए रमेश महतले राहतका लागि नुवाकोट लगिएका नेपाल इन्भेस्मेन्ट बैकको लोगो लागेका तीन सय बण्डल जस्तापात राजधानी बिक्रीका लागि फिर्ता ल्याउँदै गर्दै स्थानीयले पक्रिएका छन् । सो जस्तापाता शुक्रबार बा३ख...
भक्तपुर, १६ जेठ –गत वैशाख १२ गतेको भूकम्प र वैशाख २९ गतेको ठूलो पराकम्पनका कारण भत्किएको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरको पुनःनिर्माण सुरु हुने भएको छ । लिच्छविकालमा प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिर विसं १८९० को भूकम्पले चर्किएको र १९९० सालको महाभूकम्पले भत्काएपछि २००६...
महोत्तरी, १६ जेठ–महोत्तरीको भ्रमरपुरा गाविसका पूर्व अध्यक्ष हविव राईनलाई अपहरण उद्योग गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ्रमरपुरा गाविस–६ बस्ने २४ वर्षीय रब्बु राईन रहेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । युवक रब्बु भ्रमरपुरा–६ स्थित...
काठमाण्डु, १६ जेठ–कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताएका छन् । कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका सय जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ गर्दै नेता पौडेलले भने, ‘यो नवनिर्माणको...
काठमाण्डु, १६ जेठ– ‘नेपालमा गणतन्त्र आउनु भनेको बयलगाडा चढेर अमेरिका पुगिन्छ भन्नु जस्तै हो ।’ यो भनाइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा निकै चर्चित छ । यो भनाइको वास्तविक अर्थ नबुझी बंग्याएर भ्रम फैल्याउनेहरुलाई ओलीले मूर्ख र दुष्टमतिका मानिसको संज्ञा दिएका छन्...
भद्रपुर, १६ जेठ–झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् ।...
म्याग्दी, १६ जेठ–म्याग्दीको बैसरीका पहिरो पीडितलाई म्याग्दी ट्याक्सी व्यवसायी समितिले सोलार सहयोग गरेका छन् । भीषण पहिरोले बस्ती पुरेपछि विस्थापित बनेर बेनी–जोमसोम सडकखण्डअन्तर्गत पिप्ले गाविसमा पर्ने सार्वजनिक जग्गामा अस्थायी शिविरमा बस्दै आएका पहिरो पीडितलाई समितिले सोलार सेट उपलब्ध गराएको हो । म्याग्दी ट्याक्सी व्यवसायी...
सप्तरी, १६ जेठ–गणतन्त्र दिवसको अवसरमा सप्तरीको राजविराज कारागारमा जेल जीवन बिताइरहेका दश कैदीबन्दीलाई आम माफी दिइएको छ । देशका विभिन्न कारागारमा रहेका कैदीको सजाय मिनाहा गर्ने क्रममा यस वर्ष सप्तरीबाट एक महिलासहित १० जनाको कैदी बन्दीलाई माफी गरी मिनाहा गरिएको कारागार प्रशासनले जनाएको छ...
काठमाण्डु, १६ जेठ– नेपालमा आएको विनाशकारी भूकम्पपछि रगतको अभाव हुन नदिन थपलिया समाज नेपालले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत सङ्कलन गरिएको छ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार आयोजित रक्तदान कार्यक्रममा नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १४१औँ पटक रक्तदान गर्दै अहिले...
प्यूठान, १६ जेठ – बुटवल पावर कम्पनी (विपिसी) प्यूठानले पाँच दिनदेखि अवरुद्ध रहेको विद्युत् उत्पादन शुक्रबारबाट सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणले चितवन र लमही हुँदै प्यूठानसम्म वितरण गर्ने १३२ केभी विद्युत् प्रसारण लाइनमा विद्युत् आपूर्ति कटौती गर्दा सो कम्पनीले विद्युत् उत्पादन बन्द...
काठमाण्डु, १५ जेठ– नेपाली सेनाले भूकम्पबाट अवरुद्ध भएको सडकखण्ड खुलाउने क्रममा आज मित्रराष्ट्र क्यानडाको इन्जिनियर टोलीसँगको सहकार्यमा काठमाण्डुको शङ्खरापुर, साँखुमा ७० मिटर बाटो खोलेको छ । सेनाले आफूसँग उपलब्ध स्रोतसाधनको प्रचुर मात्रामा सदुपयोग गर्दै भूकम्पबाट प्रभावित जिल्लाका विभिन्न गाउँ विकास समितिमा प्रभावकारी ढङ्गले...
नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञावलीले भूकम्पपछि अभुतपूर्वक राष्ट्रिय एकता देखिएकोले यस्तो अवस्थामा मुलुकलाई एकताबद्ध बनाउने माध्यम राष्ट्रिय सहमतिको सरकार भएको भन्दै त्यसको लागि संसदले पारित गरेको संकल्प प्रस्ताव कार्यान्वयन गर्न साझा योजना बनाउनु पर्ने बताए । संविधान निर्माण गर्न नसकेको र प्राकृतिक विपत्तिले थिल्थिलो...