समाचार

संविधानसभा रोकेर राष्ट्रिय सरकारमा सहमति खोज्दै दलहरु

२०७२ जेठ १७ गते ७:२०

काठमाण्डु, १७ जेठ–आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले संविधानसभाको बैठक रोकेर संविधान तथा राष्ट्रिय सरकारको टुंगो लगाउने निर्णय गरेको छ । राष्ट्रिय सरकारका विषयमा दलहरुमा मतभेद देखिएपछि प्रमुख दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी...

कलाकारसँग फुटबल खेल्ने भए प्रधानमन्त्री कोइराला

२०७२ जेठ १७ गते ६:३२

काठमाण्डु,१७ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले यही जेठ २३ गते शनिबार काठमाण्डुमा आयोजना हुने राजनीतिक दलका नेता र चलचित्र क्षेत्रका कलाकारहरुको बीचमा हुने मैत्रीपूर्ण खेलमा सहभागी हुने बचन दिएका छन् । नयाँ पत्रिका दैनिकको आयोजनामा भूकम्प पीडित नेपालीको लागि राहत संकलन गर्न उद्देश्यले सो खेलको...

भूकम्पले होइन, कमजोर संरचनाले धेरै मानिसको मृत्यु भएको रहेछ नेपालमा ( जापानमा गएको शक्तिशाली भूकम्पको भिडियो हेर्नुहोस्)

२०७२ जेठ १७ गते ५:५४

काठमाण्डु, १७ जेठ– जापानमा शनिबार गएको भूकम्प नेपालको भन्दा ठूलो थियो । नेपालको भूकम्प ७ दशमलव ६ म्याग्निच्यूडको थियो । जुन करिब ४८ सेकेण्ड गएको थियो । जापानामा गएको भूकम्प ७ दशमलव ८ म्याग्निच्यूडको थियो । यसले जापानको लगभग सबै क्षेत्र बेस्सरी हल्लायो ।...

आजदेखि विद्यालय सञ्चालनमा, पढाइअघि मनोवैज्ञानिक परामर्श दिइने

२०७२ जेठ १७ गते ४:५८

काठमाण्डु, १७ जेठ–भूकम्पका कारण बिदा रहेका विद्यालयहरु आजदेखि सञ्चलनमा आएका छन् । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झन्डै एक महिना विद्यालय बन्द भएका थिए । शिक्षा मन्त्रालयको निर्णयानुसार आजदेखि अधिकांश विद्यालय खुले पनि भवन...

इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा दश लाख क्षति

२०७२ जेठ १७ गते ४:५५

अर्घाखाँची, १७ जेठ–सीतापुर गाविस–८ धाराटोलमा रहेको पवित्रा इलेक्ट्रोनिक्स पसलमा शनिबार राति आगलागी हुँदा झन्डै १० लाखको क्षति भएको छ । पसलमा भएका ल्यापटप, मोबाइल, टिभी, डिसहोम र विधुतीय सामग्री पूर्ण रुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय ठाडाले बताएको छ । पसल बन्द गरी...

करेन्ट लागेर कार्कीको ज्यान गयो

२०७२ जेठ १७ गते ३:५८

महोत्तरी, १७ जेठ –महोत्तरी खयरमारा गाविसमा आइतबार बिहान करेन्ट लागेर खयरमारा गाविस–८ बस्ने ३० वर्षीय अर्जुन कार्कीको मृत्यु भएको छ । बिहान ७ः३० बजे आफ्नै घरअगाडि रहेको इनारबाट बिजुलीको मोटरबाट पानी तान्न खोज्दा उनको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्देश्वर...

सङ्कटमा खुम्जुङको हरित उपत्यका

२०७२ जेठ १७ गते २:५१

सोलुखुम्बु, १७ जेठ –चिटिक्क परेका घर तथा सबै घरमा प्रकृतिसँग मिल्ने हरियो रङको छाना भएको खुम्जुङ उपत्यका पर्यटन सङ्कटमा पुगेको छ । स्याङ्बोचे विमानस्थलबाट खुम्जुङ उपत्यका प्रवेश गर्दा जो कोहीको मनमा आनन्द हुन्थ्यो तर आजकाल त्यस्तो आनन्द दिने किसिमको रहेन । गत वैशाख १२...

पहाडी भेगमा जडीबुटी विकास कार्यक्रम सुरु

२०७२ जेठ १७ गते २:३९

दाङ, १७ जेठ – सामुदायिक वन उपभोक्ता महासङ्घले जिल्लाका पहाडी क्षेत्रमा जडीबुटी विकास कार्यक्रम सुरु गरेको छ । काभ्रे, स्युजा, सैघा, लोहारापनी र हासिपुर गाविसमा जडीबुटीको राम्रो सम्भावनालाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम थालिएको महासङ्घले जनाएको छ । रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमको साझेदारीमा सामुदायिक...

एक सय पाँच विद्यालयका छ सय कोठामा क्षति

२०७२ जेठ १७ गते २:३९

भक्तपुर, १७ जेठ–गत वैशाख १२ गतेको भूकम्प र वैशाख २९ गतेको शक्तिशाली परकम्पबाट यहाँका १३७ सरकारी विद्यालयमध्ये १०५ विद्यालयका १५९ कक्षा कोठा पूर्ण क्षति भएका छन् । त्यसैगरी १८० कक्षा कोठा आंशिक र ३२८ कक्षा कोठामा सामान्य क्षति पुगेको छ । विद्यालय सञ्चालन गर्न...

गाडी दुर्घटनामा तीनजनाको ज्यान गयो

२०७२ जेठ १७ गते २:३४

रौतहट, १७ जेठ–गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत वीरेन्द्र राजमार्गमा शनिबार राति विपरीत दिशाबाट आएको एम्बुलेन्स र ट्रक ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । वीरगन्जबाट नवजात शिशुसहित सुत्केरीलाई उनको घर सुखअवा धमौरा गाविस– ९ मा लाने क्रममा चन्द्रपुर नगरपालिका–१३ स्थित राजमार्गमा एम्बुलेन्स र गौरबाट चन्द्रनिगाहपुर आउँदै...

४.५ स्केलको १०:१३ मा भूकम्प

२०७२ जेठ १६ गते १६:४७

  नुवाकोट सेन्टर पारेर ४.५ रेक्टरको भूकम्प गएको छ। छोटो किसिमको भए पनि सुत्न तम्सिएका काठमाण्डुबासीलाई विस्ताराबाट उठाईदियो ।...

यो हो तीन लाख ६० हजारमै बन्ने भूकम्प प्रतिरोधात्मक घर

२०७२ जेठ १६ गते १२:५६

तीन लाख ६० हजारमा बनाउन सकिने तीनकोठे भूकम्प प्रतिरोधात्मक घर काठमाण्डु सामाखुशीमा सर्वसाधारणको लागि प्रदर्शनीमा । तस्बिरः सूर्यचन्द्र बस्नेत/रासस...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us