समाचार

लाङटाङमा हिमपहिरो पग्लिँदै गएपछि शव देखिन थाले

२०७२ जेठ १७ गते ११:४१

रसुवा, १७ जेठ– हिमपहिरो आई छोपिएको लाङटाङ गाउँको हिउँ पग्लन थालेपछि पुरिएका मानिसको शव देखापर्न थालेका छन् । नेपाली सेनाको एनए–०४६ लाइन्सर हेलिकप्टरका चालक प्रमुख सेनानी सुवास थापाका अनुसार आइतबार बिहान लाङटाङ गाउँमाथि उडान भर्दा थुप्रिएको हिउँका सतह केही घटेको र मानिसका शव देखिन...

भूकम्पको विपत्तिमा चोरी गर्ने गिरोह पक्राउ

२०७२ जेठ १७ गते ११:३७

काठमाण्डु, १७ जेठ– भूकम्पको विपत्तिमा मौका छोपी उपत्यकामा चोरी गर्ने एउटा समुहलाई प्रहरीले पक्राउ गरेको छ । विपत्तिको मौका छोपी चोरी लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा उक्त समूहलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा कृष्ण मकवानपुरका १९ वर्षीय कृष्ण स्याङतान, सर्लाहीका २१ वर्षीय...

जस्तापाता बेचेको आरोप लागेका रमेशका कार्यकर्ताले कुटे पत्रकार

२०७२ जेठ १७ गते १०:२२

काठमाण्डु, १७ जेठ–अर्थमन्त्रीका पिए एवं भतिज रमेश महतले नेपाल इन्भेस्टमेन्ट बैंकले उपलब्ध गराएको जस्तापाता बेचेको भन्ने समचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकार कुटिएका छन् । आइतबार रिपोर्टर्स क्लबमा भएको खण्डन कार्यक्रममा प्रस्न सोधेकै आधारमा कारोबार दैनिकका शिव बोहरालाई रमेशका समर्थकहरुले कुटेका...

भूकम्पपीडितको जस्ता बेचेको आरोप लागेका अर्थमन्त्रीका स्वकीय सचिव महत भन्छन्, ‘कारबाही गरेर देखाऊ’

२०७२ जेठ १७ गते १०:१९

काठमाण्डु, १७ जेठ– नेपाली काँग्रेस नुवाकोटका सचिव तथा अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले भूकम्पपीडितका लागि वितरण गर्न लागिएको जस्तापाता बिक्रि गर्न खोजेको पुष्टि भए कारबाही गरेर देखाउन चुनौती दिएका छन् । रिपोर्टर्स क्लबमा आइतबार पत्रकार सम्मेलन गरी महतले आफूलाई बदनाम गराउन आफ्नै...

बैंकिङ कसुर मुद्दाको अभियोगमा मराठा पक्राउ

२०७२ जेठ १७ गते १०:११

काठमाण्डु,१७ जेठ-बैंकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अरुणकुमार मराठालाई केन्द्रीय अनुसनधान ब्युरोको टोलीले पक्राउ गरेको छ ।   पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा १५९२०(घ) बमोजिम १३ करोड ३० लाख जरिवाना...

छोराको वियोगमा पाँच वर्षसम्म पनि अन्तिम कर्म गर्न नसकेपछि…

२०७२ जेठ १७ गते १०:०२

विराटनगर, १७ जेठ-छोराको हत्यामा विक्षिप्त भएका मोरङ रङ्गेलीका एक बाबुले पाँच वर्षसम्म छोराको अन्तिम कर्म गर्न सकेका छैनन् ।   रङ्गेली नगरपालिका–३ स्थित चोप्राहा घर भएका अमरलाल साहले आफ्ना १४ वर्षीय छोराको हत्या भएको पाँच वर्ष बितिसक्दा पनि वियोगको पीडामा छोराको किरिया गर्न नसकेका...

नेम्वाङले भने, ‘दलहरुबीच सहमति भए असराभित्र संविधान जारी गर्न सकिन्छ’

२०७२ जेठ १७ गते ९:५१

काठमाण्डु, १७ जेठ-  संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जेठ २१ गतेसम्मको अवधिलाई संविधान लेखनका लागि सहमति जुटाउने विषयमा पूर्णरुपमा सदुपयोग गर्न आह्वान गरेका छन् ।   संविधानसभाको आइतबार बस्ने भनिएको बैठक स्थगित भएकाबारे जानकारी गराउँदै उनले संविधानको अन्तरवस्तुमा देखिएको विवादलाई टुङ्ग्याउने काम गरे भैँचालोबाट आहात...

३३ वर्षअघि आफुले पढाएको ध्वस्त विद्यालयमा पुगेर प्रचण्डले के भने ?

२०७२ जेठ १७ गते ९:०८

गोरखा, १७ जेठ-‘मास्टरसाप, तपार्इंले नै पढाउनुभएको धेरै दुःखले खडा गरेको विद्यालय आज भग्नावशेषमा परिणत भयो, विद्यार्थीका लागि बस्न योग्य छैन । गत वैशाख १२ को भूकम्पले घर भत्कियो, विद्यालय भत्कियो, तपार्इं त विश्वले चिनेको ठूलो मान्छे, लौ न विद्यालयलाई पूर्ववत् अवस्थामा फर्काउन सहयोग गरिदिनुप¥यो...

स्वयंसेवक अभियानमा सहभागी हुन् ओलीको आग्रह

२०७२ जेठ १७ गते ९:०७

काठमाण्डु, १७ जेठ–एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीले चलाइरहेको स्वयंसेवक अभियानमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । ‘नेपाली योजना: अन्तर्राष्ट्रिय साथ, राज्यको नेतृत्व, हरेक नेपालीको हात’ भन्ने मूल नाराका साथ एमालेद्वारा सुरु गरिएको राष्ट्रिय स्वयंसेवक परिचालन अभियान दोस्रो हप्तामा प्रवेश अवसरमा ओलीले आइतबार...

प्रेमिका अस्वीकार गर्दा हजुरआमाको हत्या !

२०७२ जेठ १७ गते ८:१९

झापा, १७ जेठ-आफ्नै हजुरआमाको घाँटी थिचेर हत्या गरी फरार रहेका झापाको मेचीनगर–१० काँकडभिट्टा निवासी २३ वर्षीय रञ्जित लिम्बूलाई प्रहरीले आइतबार इलामबाट पक्राउ गरेको छ ।   इलामको एक घरमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिम्सिनाले...

संविधानसभा बैठक जेठ २१ गते सम्मका लागि स्थगित

२०७२ जेठ १७ गते ७:५७

काठमाण्डु, १७ जेठ-आइतबारका लागि निर्धारण भएको संविधानसभाको बैठक यही जेठ २१ गते बिहीबारसम्मका लागि स्थगन भएको छ ।   भूकम्पपछि अधिकांश सभासद् आ–आफ्ना जिल्लामा राहत तथा उद्धारमा जुटेकाले आइतबारको बैठक स्थगन भएको हो ।   संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार बैठक जेठ २१...

सप्तरीमा हराएकी महिला मृत फेला !

२०७२ जेठ १७ गते ७:३३

सप्तरी, १७ जेठ- तीन दिन अगाडि हराइरहेकी एक महिलाको शव सप्तरीको स्थानीय सामुदायिक जङ्गलको पोखरीमा फेला परेको छ ।   मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नगरपालिका–२ निवासी सूर्यबहादुर रायको ४० वर्षीया श्रीमती सुवाता राय रहेको प्रहरीले जनाएको छ ।   रायले स्थानीय जङ्गलमा रहेको पोखरीमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us