समाचार

मलेसियामा नेपाली कामदार ठग्ने दूतावास पनि होः श्रम समिति

२०७१ चैत २२ गते ११:२९

काठमाण्डु, २२ चैत– व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसियामा नेपाली कामदार ठगिनुमा नेपाली दूतावाससमेत दोषी रहेको प्रतिवेदन तयार पारेको छ । व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले मलेसिया पुगेर नेपाली कामदारहरुले भोग्नुपरेका समस्या अध्ययन गरी कामदारहरु ठगिनुमा दूतावास समेत दोषी रहेको...

यसकारण बचाउन सकेनन् चिकित्सकले नेता ढकाललाई

२०७१ चैत २२ गते ११:२२

काठमाण्डु, २२ चैत– स्वाइनफ्लुका कारण ग्रान्डी अस्पतालमा उपचाररत एमाले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको आइतबार अपरान्ह मृत्यु भएको छ । स्वाइनफ्लुको संक्रमणका अतिरिक्त अन्य रोगहरु समेत देखिएका ढकाल चैत १५ गते राजधानीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । नेता ढकाल स्वाइनफ्लुका अतिरिक्त लिम्फो पोलिफिरेटिभ डिजिज,...

आमहड्ताल कुनै हालतमा फिर्ता हुन्नः प्रचण्ड

२०७१ चैत २२ गते ११:०९

पोखरा, २२ चैत– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३० दलीय मोर्चाद्वारा घोषित तीन दिने आमहड्ताल फिर्ता नहुने बताएका छन् । पोखरामा आइतबार अगुवा कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले कसैको दबाब वा धम्कीका भारमा आमहड्ताल नरोक्ने बताए । मोर्चाले सहमतिमै संविधान जारी गर्न सत्ता पक्षलाई...

प्रचण्डसँग एकता नगर्न वैद्यलाई दबाब

२०७१ चैत २२ गते १०:५३

काठमाण्डु, २२ चैत– नेकपा–माओवादीमा अध्यक्ष मोहन वैद्यलाई एमाओवादीसँग तत्काल पार्टी एकता नगर्न दबाब बढेको छ । एमाओवादी र नेकपा–माओवादीसहित माओवादी धारका दलहरुबीच एकताको चर्चा चलिरहेका बेला वैद्यमाथि एकता नगर्न दबाब बढेको हो । एकताका लागि भन्दै दुवै दलले केही समयअघि शीर्ष नेता सम्मिलित कार्यदलसमेत...

किशोरीलाई एसिड छ्याप्नु जीवनको बाध्यताः परिवार

२०७१ चैत २२ गते १०:३७

काठमाण्डु, २२ चैत– एसिड घटनाका दोषी जीवन विकको घर परिवारले जीवनको अपराध अनुसारको कारवाही पाउँनुपर्ने भन्दै आफूमाथि भएको जातिय विभेदमा पनि न्याय पाउनुपर्ने पर्ने माग गरेको छ । उनीहरुले एसिड छ्याप्नु अपराध भएको तर त्यो गर्न बाध्य पारिनुको कारण पनि खोजिनुपर्ने बताए । जीवनको...

पत्रकारहरुको सुरक्षामा राज्य गम्भीर नभएको गुनासो

२०७१ चैत २२ गते १०:११

वीरगन्ज,२२ चैत- नेपाली सञ्चारमाध्यममा सामाजिक समावेशीकरण र व्यावसायिक तथा सुरक्षित पत्रकारिताको विकास गर्ने उद्देश्यले ‘पत्रकारितामा लैङ्गिक समानता र पत्रकारहरुको सुरक्षा’ विषयको क्षेत्रीय कार्यशाला गोष्ठी आइतबार सुरु भएको छ ।   युनेस्कोको सहयोगमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घद्वारा आइतबार यहा आयोजित उक्त कार्यशाला गोष्ठीमा बारा,पर्सा,रौतहट,सर्लाही,मकवानपुर...

ढकालको शव साँझ टिचिङ लगिने, सोमबार पार्टी कार्यालय बल्खुमा राखिने

२०७१ चैत २२ गते १०:००

काठमाण्डु, २२ चैत– स्वाइन फ्लुका कारण ग्रान्डी अस्पतालमा दुई सातादेखि उपचाररत एमाले पोलिटव्यूरो सदस्य रामनाथ ढकालको आइतबार निधन भएको छ । उनको ढकाललाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनको आइतबार अपरान्ह १ः ३० बजे निधन भएको हो । निधन भएका ढकालको...

सिन्धुपाल्चोकमा रुखले थिचेर महिलाको मृत्यु

२०७१ चैत २२ गते ९:५७

चौतारा,२२ चैत- शनिबार साँझ आएको हुरी बतासले रुखको हाँगा भाँच्चिएर खस्दा सिन्धुपाल्चोकमा एक महिलाको मृत्यु भएको छ ।   पाल्चोक गाविस–४ निवासी ४७ वर्षीया बुदुमाया तामाङलाई आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै रहेको उत्तिसको हाँगा भाँच्चिएर टाउकोमा लागेको र उनको घटनास्थलमा मृत्यु भएको जिल्ला...

राजसंस्थाको पक्षमा बोल्न नदिए राप्रपा नेपालले बैठक अवरुद्ध गर्ने

२०७१ चैत २२ गते ९:२३

काठमाण्डु, २२ चैत– राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत २३ मा डाकिएको संविधानसभाको बैठकमा संवैधानिक राजसंस्थाको पक्षमा र गणतन्त्र, धर्मनिरपेक्षताको विपक्षमा प्रश्न उठान नपाए बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन् । आइतबार प्रधानमन्त्री सुशील कोइराला बालुवाटारमा भेटेरै थापाले यस्तो चेतावनी दिएका हुन् । अध्यक्ष...

आयो यातायात महासंघको आमरण अनसन बस्ने चेतावनी

२०७१ चैत २२ गते ९:१४

काठमाण्डु, २२ चैत– नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघले आफ्ना माग १५ दिनभित्र पूरा नगरे आमरण अनसनमा बस्ने चेतावनी दिएको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले सर्वोच्च अदालतले यातायातमा भएको सिण्डीकेट खारेज गर्ने पैmसला गरिसकेको अवस्थामा सरकारले अहिलेसम्म लागु नगरेको...

२ सयभन्दा बढी चौंरी हिमपहिरोमा परे

२०७१ चैत २२ गते ९:१४

जाजरकोट,२२ चैत- भारी हिमपात हुँदा डोल्पामा धेरै चौँरी मरेका छन् । यो वर्ष धेरै पटक परेको हिमपातले करोडौँको धनमालमा क्षति पुगेको हो ।   बेलाबेलामा परेको हिमपात र हिउँ पहिरोमा परेर माथिल्लो डोल्पाका २ सयभन्दा भन्दा बढी चौँरी मरेका छन् । माथिल्लो डोल्पाका साल्दाङ्ग,भिजेर,छार्का...

आफ्नै बंगैचामा झुण्डिएर प्राणत्याग

२०७१ चैत २२ गते ९:०६

गौशाला,२२ चैत- महोत्तरीको गैँढाभेटपुर गाविसमा आइतबार बिहान आँपको रुखमा झुन्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सो शव गैँढाभेटपुर गाविस–९ बस्ने ४५ वर्षीय सियाशरण मण्डलको हो । प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठका अनुसार मण्डलको शव निजको घरदेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us