४० लाख ठगी आरोपमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८२ जेठ ३१ गते १५:५८ मा प्रकाशित

काठमाण्डू, ३१ जेठ– प्रहरीले ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट रहेका छन ।

उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध केशवराज जोशीले कन्चनपुर प्रहरीमा ठगी कसुरमा जाहेरी दिएका थिए ।

पक्राउ परेका जोशीलाई कन्चनपुर पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us