समाचार

आम हड्तालले जनजीवन प्रभावित, बन्दकर्ताप्रति सरकारी रबैया कडा

२०७१ चैत २४ गते १:१४

काठमाण्डु, २४ चैत- एकीकृत माओवादीसहित ६ माओवादी घटकले आह्वान गरेको आमहड्तालको पहिलो दिन सोमबार काठमाण्डुसहित देशभरको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि राजधानी भित्रने र बाहिरिने सवारी साधन चलेका छैनन् । बन्दले बजार, शिक्षण संस्था र कलकारखाना ठप्प छन् । सडकका चोकचोकमा...

प्रचण्डका छोरी र ज्वाईं एकाबिहानै काठमाण्डुबाट पक्राउ, बन्दकर्तामाथि प्रहरी दमन

२०७१ चैत २४ गते ०:५२

काठमाण्डु, २४ चैत- प्रहरीले एकीकृत माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणु दाहाल र ज्वाईं सागर केसीसहित आधा दर्जन बन्दकर्तालाई काठमाण्डुबाट पक्राउ गरेको छ । तीन दिने आमहड्तालको पहिलो दिन बन्द गराउन सडकमा उत्रिएलगत्तै उनीहरु बिहान ६ बजे बानेश्वरबाट पक्राउ परेका हुन् । पक्राउ परेकालाई महानगरीय...

विपक्षी मोर्चाको राजधानीमा मसाल जुलुस

२०७१ चैत २३ गते १४:१०

काठमाण्डु, २३ चैत– मंगलबारदेखि हुने भनिएको आमहड्तालको पूर्वसन्ध्यामा तीस दलीय मोर्चाले राजधानीमा मसाल जुलुस निकालेको छ । एमाओवादी नेतृत्वमा सोमबार साँझ मसाल जुलुस प्रदर्शन गरिएको हो । राजधानीका बागवजार, रत्नपार्क लगायतका स्थानबाट मसाल जुलुस निकालिएको जनाइएको छ ।     उता, ३० दलीय मोर्चाले...

दुधकोशीमा माछा मार्दा नदीले बगायो

२०७१ चैत २३ गते १३:११

सोलुखुम्बु, २३ चैत– दुधकोशी नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक जनाको मृत्यु भएको छ । देउसा–१ बस्ने शुकमान राईका १४ वर्षीय छोरा तेजबहादुर राई मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।...

कीर्तिमानी पर्वतारोही तथा अल्ट्रा धावक पण्डित सम्मानित

२०७१ चैत २३ गते १२:५७

काठमाण्डु,२३ चैत– विश्व कीर्तिमानी पर्वतारोही तथा अल्ट्रा धावक सञ्जय पण्डितलाई नेपाल पर्वतारोहण संघ सोमबार सम्मान गरेको छ । विश्वका पाँचै महादेशका सर्वोच्च शिखरहरुको किर्तिमानी आरोहण गरेबापत पण्डितलाई ५० हजार नगदसहित ताम्रपत्रद्वारा सम्मानित गरिएको हो । नेपाल पर्वतारोहण संघमा आयोजित कार्यक्रममा संघका अध्यक्ष आङ्गछिरिङ्ग शेर्पा,...

तीन जना मृत अवस्थामा फेला

२०७१ चैत २३ गते १२:४०

काठमाण्डु, २३ चैत– बाग्लुङ धुल्लु बास्कोट–५ ठुलडाँडास्थित ईलाका प्रहरी कार्यालय बरेनडाँडा बाग्लुङको नवनिर्मित भवनमा लेबर काम गर्ने दुई जना मृत अवस्थामा फेला परेका छन् । सल्यान धनमन–४ का २५ वर्षीय रामबहादुर नेपाली र २० वर्षीय रामबहादुर बुढा बेलुका खाना खाई सुतेकोमा सोमबार बिहान मृत...

काठमाण्डुका सटर फोड्दै चोरी गर्ने प्रहरी हिरासतमा

२०७१ चैत २३ गते १२:३२

काठमाण्डु, २३ चैत– सोमबार प्रहरीले काठमाण्डुमा सटर फुटाएर चोरी गर्दै आएका एकजनलाई पक्राउ गरेको छ । सटर फुटाएर पसलको सामान र नगद चोरी गरेको आरोपमा काठमाण्डुको शंखरापुर नगरपालिकाका निशान थिङलाई प्रहरीले पक्राउ गरेको हो । गत चैत ७ गते काठमाण्डुको तारकेश्वर नगरपालिका १८ का...

कत्रो आँट ! एउटै सेवाग्राहीसंग साढे तीन लाख घुस लिने

२०७१ चैत २३ गते १२:०६

काठमाण्डु, २३ चैत– घुस बापत लिएका साढे तीन लाख रुपैयासहित काठमाण्डु महानगरपालिकाका अधिकृत दिपक अधिकारी अख्तियारको फन्दामा परेका छन् । भक्तपुर जिल्ला साविक बालकोट गा.वि.स –४ स्थित रीनादेवी साहको घरमा थप भएको तल्लाको नक्सा पास गराइदिने कार्यका लागि घुस माग गरिरहेको सूचना अख्तियारले पाएको...

काठमाण्डु प्रहरीको प्रवक्तामा पोख्रेल

२०७१ चैत २३ गते १२:०१

काठमाण्डु, २३ चैत– जिल्ला प्रहरी कार्यालय काठमाडुको प्रवक्तामा एस.पी. विश्वराज पोख्रेल आउने भएका छन् । सोमबारबाट नै पोखरेलले जिल्ला प्रहरी कार्यालयको प्रवक्ताको रुपमा जिम्मेवारी लिन लागेको श्रोतले बताएको छ ।   यसअघि मोरङ जिल्ला प्रहरी कार्यालय लगायत जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका पोख्रेल तस्कर...

करोडौ ठगी गरेको आरोपमा सहकारी सञ्चालक पक्राउ

२०७१ चैत २३ गते ११:४९

काठमाण्डु, २३ चैत– प्रहरीले सहकारीको नाममा करोडौ ठगी गर्ने दुईजनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका वडा नंं ७ चावहिलमा चारुमती बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ र कोषाध्यक्ष पुरुषोत्तम उपाध्याय रहेको प्रहरीले जनाएको छ ।   आफ्नै निजी परिवारबाट सहकारी...

शिक्षामा सुधार गर्न विश्व बैंकद्वारा ६ अर्ब ४३ करोड सहयोग

२०७१ चैत २३ गते ११:३१

काठमाण्डु,२३ चैत– नेपालको उच्च शिक्षा सुधार परियोजनाका लागि विश्व बैंकले ६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ बराबरको ऋण दिने भएको छ । सोमबार एक समारोहबीच अर्थ मन्त्रालय र विश्व बैंकबीच सो ऋण सम्झौतामा हस्तक्षर भएको हो । विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले दिने...

गच्छादारले प्रधानमन्त्रीसँग भने,‘मुठभेडतर्फ जान लागेको मुलुकलाई रोक्नुहोस्’

२०७१ चैत २३ गते १०:२५

काठमाण्डु, २३ चैत– मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छादारले सत्तारुढ दलहरुले सहमतिका आधारमा संविधान जारी गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटमा उनले सो कुरा बताएका हुन् ।   सत्ता पक्ष र विपक्षी दलहरु आ–आफ्नो अडानमा रहे मुलुक मुठभेडमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us