काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिनाअघि साउदी अरबको दम्माममा निधन भएका नेपालगन्ज– ४ बाँकेका मोहमद अकबर हलवाइको शव तुरुन्त स्वदेश ल्याउने व्यवस्था गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले सोमबार परराष्ट्र मन्त्रालय मार्फत साउदी अरबका लागि नेपाली दूतावासलाई निर्देशन दिनुभएको प्रधानमन्त्री दाहालका...
काठमाण्डु, ३० कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) का नेता तथा सांसद स्व भक्तिप्रसाद पाण्डेप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । एक वर्षदेखि अर्बुद...
विराटनगर, ३० कात्तिक– सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पाँच वर्षअघि नगरमा बसोवासको दर १९ प्रतिशत थियो भने यतिखेर ४२ प्रतिशत पुगी जनताले नगरको न्यूनतम सुविधा पाउन नसकेकाले सरकार ‘राष्ट्रिय सहरी नीति’ तयार पार्ने कार्यमा जुटेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरमा आयोजित...
काठमाण्डु, ३० कात्तिक– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुननिर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालाई बालुवाटार बोलाएर असन्तुष्टी पोखेका छन् । मंगलबार बिहानै आफ्नै निवास बोलाएर प्रधनामन्त्रीले ज्ञवालीलाई भूकम्पको पुननिर्माण र भूकम्पपीडितका लागि के–के काम भयो भनि प्रश्न गरेका थिए । प्रधानमन्त्रीले प्राधिकरणले प्रभावकारी रुपमा...
काठमाण्डु, ३० कात्तिक– पटक–पटक रोकिएको राप्रपा नेपाल र राप्रपाबीचको पार्टी एकता हुने अन्ततः निश्चित भएको छ । मंगलबार बसेको राप्रपा नेपाल र राप्रपाको पदाधिकारी बैठकबाट यही मंसिर ६ गते पार्टी एकता हुने तय भएको हो । बैठकपछि राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका...
रसुवा, ३० कात्तिक नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ । रसुवागढीको मितेरी पुल–केरुङबीचको ठोङ्सा आसपास क्षेत्रको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाउन लागेकाले सडकमा गुड्ने सवारीसाधन मङ्गलबारदेखि चार दिनका लागि अवरुद्ध हुने...
काठमाण्डु, ३० कात्तिक– सरकारले निर्धारण गरेको मासिक न्यूनतम पारिश्रमिक १९ हजार ५०० कार्यान्वयन भए÷नभएको बारे न्यूनतम पारिश्रमिक निर्धारण समितिले मङ्सिर पहिलो सातादेखि अनुगमन सुरू गर्ने भएको छ । समितिले २०७२ मा दिएको सुझाव प्रतिवेदनका आधारमा २०७३ वैशाख २३ गतेको मन्त्रिपरिषद्ले नयाँ न्यूनतम पारिश्रमिक साउन...
रोल्पा, ३० कात्तिक– थबाङ, रोल्पाकी सुनकुमारी नेपालीको हत्यामा उनका श्रीमान् ध्रुव नेपाली र सुनकुमारीकी सानीआमाकी छोरी (बहिनी) जालकुमारी नेपालीको समेत संलग्नता रहेको खुलासा भएको छ । गतः शनिबार सुनकुमारीको मृत्यु भइसकेपछि पीडक जालकुमारी नेपाली र धु्रव नेपालीलाई कानुनी प्रक्रिया पूरा गरेर कर्तव्य...
काठमाण्डु, २९ कात्तिक–काँग्रेस सांसद मोहनबहादुर बस्नेतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा उभिएका छन् । व्यवस्थापिका–संसदको सोमबारको बैठकमा महाअभियोग प्रस्तावमाथिको छलफलमा बोल्दै बस्नेतले कार्कीमाथि महाअभियोग लगाउन नमिल्ने तर्क गरे । बस्नेत लोममानसिंह कार्कीको पक्षमा उभिने पहिलो काँग्रेस सांसद हुन् । काँग्रेस सभापति शेरबहादेर...
काठमाण्डु, २९ कात्तिक– संविधानमा असन्तुष्ट संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई १५ दिने अल्टिमेटम दिएको छ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा गठबन्धनका नेता उपेन्द्रं यादवले आगामी १५ दिनभित्र आफूहरुको असन्तुष्टि सम्बोधन हुने गरी संविधान संशोधन प्रस्ताव सदनमा ल्याउन दबाब दिएका हुन्...
पर्सा, २९ कात्तिक-संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले राष्ट्रिय सहमतिकै आधारमा आगामी चैतभित्र स्थानीय निकासको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारले नै सबै दलको सहमतिमा संविधान संशोधन गरी स्थानीय निकाय लगायत...
काठमाण्ढु, २९ कात्तिक-नेकपा एमालेको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशनले पार्टीका सचिव पृथ्वीसुब्बा गुरुङलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । यही कात्तिक २७ गतेदेखि सोमबारसम्म भएको महाधिवेशनको बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको हो । त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा शेरबहादुर तामाङ, उपाध्यक्षमा...