रोल्पा, ५ पुस– रोल्पामा गत साउनदेखि हालसम्म ३७ जना व्यक्ति हराई परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । यसरी हराउनेमा एकै परिवारका चार जनासम्म रहेको जिल्ला प्रहरी कार्यालयको महिला सेलकी इन्चार्ज दीलकुमारी बुढाले बताइन् । सानै उमेरमा ललाइफकाइ इँटाभट्टामा लैजाने, श्रीमान्ले...
काठमाण्डु, ५ पुस– राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न गरेको छ । सो पार्टी तथा राप्रपा नेपालका बीचमा गत मङ्सिर ६ गते एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको हो । गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा...
काठमाण्डु, ५ पुस– युवा सङ्घ नेपालले सोमबार रुपन्देही सङ्घका अध्यक्ष दुर्गा तिवारीको हत्याको छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । मंगलबार आजोजित सम्मेलनमा सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।...
बुटवल, ५ पुस– प्रमुख प्रतिपक्षी एमालेले आफ्नो पार्टी सम्वद्ध युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारी हत्यामा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ । एमाले महासचिव ईश्वर पोखरेलले घटनामा सरकार जिम्मेवार रहेको आरोप लगाए । उनले घटनामा संलग्नमाथि तत्काल कारबाहीको माग गर्दै कार्यकर्ता र पार्टी पंक्तिलाई...
बुटवल, ५ पुस– एमाले निकट युवासंघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भनिएका मनोज पुन एमालेकै पूर्वकार्यकर्ता रहेको खुलासा भएको छ । आपराधिका पृष्ठभूमिका पुन २०६४ सालमा तत्कालिन एमाले युथफोर्समा प्रवेश गरेका थिए । तर, संगठनको नीतिविपरीत काम गरेकाले पहिल्यै कारबाही गरिसकेको एमालेले जनाएको...
बुटवल, ५ पुस– युवा सङ्घ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको दिन दहाडै अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा नेकपा (एमाले) निकट युवा, विद्यार्थीले रुपन्देहीमा विरोध प्रदर्शन गरेका छन् । विरोध कार्यक्रमअन्तर्गत मंगलबारदेखि लुम्बिनी अञ्चलका जिल्ला बन्दको आह्वान गरिएको छ ।...
काठमाण्डु, ४ पुस– एमाले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा एक व्यक्तिले संलग्नता स्वीकार गरेका छन् । मनोज राना पुन नामका व्यक्तिले हत्यामा आफ्नो समूह सहभागी रहेको भन्दै स्थानीय र मृतकका आफन्तलाई टेलिफोन गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी...
काठमाण्डु, ४ पुस– नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले सोमबार भेटवार्ता गरेको छ । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा...
जनकपुर, ४ पुस– स्वास्थ्यमन्त्री गगनकुमार थापाले एमाले जनता जनताबीचको सदभाव भडकाउन उद्धत रहेको आरोप लगाएका छन् । एमालेले राष्ट्रवाद र राष्ट्रघातका नाममा मिलेर बसेका जनतालाई एकअर्को समुदायविरुद्ध भडकाएको आरोप थापाले लगाए । ‘एमालेले राष्ट्रवाद र राष्ट्रघातसँग जोडेर जनतालाई एकअर्काविरुद्ध भड्काउने काम गरिरहेको छ’, सोमबार...
काठमाण्डु, ४ पुस– सत्तारुढ नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकामा आपत्ति प्रक्ट गर्दै उक्त निर्णय तत्काल सच्याउन सरकार र आयल निगमसँग आग्रह गरेको छ । आयल निगमले मूल्य समायोजनका नाममा आन्तरिक रुपमा भइरहेको चुहावट नियन्त्रण नगरी तथा वैज्ञानिक प्रक्रियाबिनै...
काठमाण्डु, ४ पुस– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरसियाले एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा एमाले नै संलग्न भएको हुन सक्ने आरोप लगाएका छन् । चौरसियाले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच नम्बर प्रदेशमा वितण्डा मच्चाउन तिवारी हत्या एमाले आफैंले...
काठमाण्डु– जिल्ला अदालत काठमाण्डुले नौ वटा इजालासलाई विशेष अदालतमा सार्ने भएको छ । जिल्ला अदालत काठमाण्डुले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ३३ वटा इजलासमध्ये २५ देखि ३३ सम्मका नौ वटा इजलासलाई यही पुस १० गतेदेखि विशेष अदालतमा सार्ने तयारी भएको अदालतका स्रेस्तेदार ध्रुवप्रसाद उप्रेतीले...