समाचार

ओनसरीले बोलाएको बैठकमा शेरबहादुर र बामदेवबीच झण्डै हानाहान !

२०७३ पुष ४ गते १८:४४

काठमाण्डु, ४ पुस– सभामुख ओनसरी घर्तीको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा सत्तारुढ काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच चर्काचर्की भएको छ । बैठकमा देउवाले एमालेले संविधान संशोधन विधेयक प्रक्रियामा लान नदिने अड्डी कसेर अलोकतान्त्रिक चरित्र प्रदर्शन...

गैंडाको आक्रमणबाट एक महिलाको मृत्यु

२०७३ पुष ४ गते १८:४०

चितवन-गैंडाको आक्रमणबाट सोमबार दिउँसो चितवनको रत्ननगरमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१७ का ६९ वर्षीया मोतीमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार तामाङलाई घर नजिक रहेको राप्ती नदीमा भैंसीलाई पानी खुवाउने क्रममा गैंडाले आक्रमण गरेको...

एमालेका युवा नेताको गोली हानी हत्या

२०७३ पुष ४ गते १७:५०

बुटवल-एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष तथा देवदहका युवा व्यवसायी दुर्गा तिवारीको सोमबार अपराह्न अज्ञात समूहले गोली हानी हत्या गरेको छ । मोटरसाइकल चढेर देवदह चोकदेखि घरतर्फ जाँदै गरेको अवस्थामा उनलाई देवदह–८ मा मोटरसाइकलमै आएका अपरचित व्यक्ति छातिमा गोली प्रहार गरेको थियो । गोली...

प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच गम्भीर छलफल

२०७३ पुष ४ गते १७:३८

काठमाण्डु– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एव्म उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओले सोमबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा आपसी हित र सामाजिक आर्थिक सम्बन्धलाई प्रगाढ बनाउने बारे द्विपक्षीय छलफल...

लौ हेर्नुहोस्,प्रचण्डका यी मन्त्रीकोचाहि सम्पत्ति यति धेरै रहेछ !

२०७३ पुष ४ गते १७:०२

काठमाण्डु– सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार मन्त्री केसीको काठमाण्डुको गोङ्गबुमा प्रतिमा केसीको नाममा १५ आना दुई पैसा,...

पर्सामा ३३ जना पक्राउ

२०७३ पुष ४ गते १६:४६

वीरगन्ज-नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ । जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको...

तीन दलको बैठकमा ओलीले प्रचण्डको सात्तो खाएपछि…!

२०७३ पुष ४ गते १६:११

काठमाण्डु–सोमबार सभामुख ओनसरी घर्तीको आव्हानमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठक विना निश्कर्ष टुंगिएको छ । बैठकमा शीर्ष नेताहरुबीचमै निकै चर्काचर्की भएपछि बैठक विनानिश्कर्ष टुंगिएको हो । बैठकमा सबैभन्दा बढी एमाले अध्यक्ष केपी ओलीले सरकारले ल्याएको संविधान संशोधन विद्येयक विरुद्ध आक्रोश पोखेका थिए ।...

एमाले लगायत आठ दलले गरे कडा निर्णय, पुस १७ गते प्रचण्डलाई शक्ति देखाइदिने !

२०७३ पुष ४ गते १५:४०

काठमाण्डु– एमाले लगायतका विपक्षी दलहरुले सरकारले ल्याएको संविधान संशोधनविरुद्ध कडा कार्यक्रम ल्याउने निर्णय गरेका छन् । सोमबार एमाले संसदीय दलको कार्यालयमा बसेको एमालेसहित आठ दलको बैठकले संशोधनविरुद्ध सडक र संसद दुवै ठाउँमा कडा आन्दोलन गर्ने निर्णय गरेको हो । बैठकले संविधान संशोधनको विरोधमा पुस...

जब संसद बैठक सुरु भयो,लगत्तै देखियो यस्तो दृष्य

२०७३ पुष ४ गते १४:५५

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत आठ दलले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको प्रस्तावको विरोध गर्दै सोमबार पनि संसद् बैठक अवरुद्ध गरेका छन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावप्रति विरोध जनाएका...

सभामुख घर्ती र मंगोलियाका विदेशमन्त्रीबीच यस्तो कुराकानी

२०७३ पुष ४ गते १४:३६

काठमाण्डु– सभामुख ओनसरी घर्ती र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका विदेशमन्त्री सेन्ड मुन्ख अर्जिलका बीच सोमबार सिंहदरबारमा भेटघाट भएको छ । नेपालको तीनदिने औपचारिक भ्रमणमा विदेशमन्त्री अर्जिल गएराति काठमाण्डु आएका थिए । यसअघि परराष्ट्रमन्त्री रामशरण महत र विदेशमन्त्री अर्जिलबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको थियो । सो...

कुलमान घिसिङविरुद्ध खनिनेहरु माथि सरकारले चाल्यो कडा कदम !

२०७३ पुष ४ गते १४:१९

काठमाण्डु– नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङविरुद्ध उत्रिएका प्राधिकरणका ३ जना सञ्चालक सदस्यविरुद्ध सरकारले कडा कदम चालेको छ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै सञ्चालक समितिका सदस्यहरु मनोज मिश्र, लक्ष्मण अग्रवाल र सुरज लामिछानेलाई सरकारले बर्खास्त गरेको हो । सञ्चालक समितिका यी...

नेपालसँग मंगोलियाले राख्यो नयाँ प्रस्ताव

२०७३ पुष ४ गते १३:४३

काठमाण्डु– नेपाल र मङ्गोलियाका कूटनीतिक राहदानी भएका र सरकारी अधिकृतले एक अर्को देशमा भ्रमण गर्दा प्रवेशाज्ञा (भिसा) लिनु नपर्ने भएको छ । दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सो प्रावधानले कोसेढुङ्गाको काम गर्ने र अगामी दिनमा जनस्तरसम्म सो प्रावधान पुग्न सक्ने परराष्ट्र मन्त्रालयले विश्वास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us