बिहीबार, २० वैशाख, २०८१

समाचार

नेपालका जडीबुटीले निको नहुने कुनै रोग छैन : क्यान्सरदेखि हेपटाइटिससम्म

२०७२ चैत १० गते १४:२९

काठमाण्डु, १० चैत – नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेटग्लान्ड बढ्ने समस्याले पीडित भए ।  दोस्रो चरणमा नै पुगिसकेको भन्दै उनलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए तर शल्यक्रियाको विकल्प खोजिरएका उनी आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुगे । उक्त...

नदीमा भेटियो काँग्रेस नेताको शव

२०७२ चैत १० गते १४:२७

चितवन, १० चैत– नेपाली काँग्रेस दारेचोक गाविसका पूर्वसभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ । दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता भएका थिए । बेपत्ता त्रिपाठीको शव बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला...

तनाव घटाउन होलीमा ससुराली गए गगन

२०७२ चैत १० गते १४:१९

काठमाण्डु, १० चैत– १३ औं महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेपछि काँग्रेस नेता अर्जुननरसिंह केसी र उनका ज्वाईं तथा युवा नेता गगन थापाबीच चिसिएको सम्बन्धमा सुधारको संकेत देखिएको छ । पटकपटकको आग्रहलाई बेवास्ता गर्दै गगन कृष्ण सिटौला प्यानलबाट महामन्त्री उठेपछि ज्वाईं–ससुराबीच राजनीतिक सम्बन्ध चिसिएको थियो ।...

भारतले संविधानमा ‘बार्गेनिङ’ गर्न खोज्यो तर चीनले खोजेन

२०७२ चैत १० गते १३:३४

काठमाण्डु, १० चैत– नेपाल र चीनबीच बुधबार जारी भएको १५ बुँदे संयुक्त विज्ञप्तिमा चीनलले नेपालको संविधानलाई स्वागत गरेको उल्लेख छ । केही समयअघि भारतले नेपालको संविधानलाई पूर्णरुपले स्वागत गर्न नमान्दा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा कुटनीतिक नियम नै उल्लंघन गरेर दुई देशले...

डढेलोबाट वन जोगाउन व्यापक उपभोक्ता परिचालन

२०७२ चैत १० गते १३:१७

उदयपुर, १० चैत – जिल्लाको पूर्वी तथा मध्य तराई क्षेत्रका सामुदायिक वनमा केही दिनयता डढेलोबाट वनजंगल क्षति हुन थालपछि नियन्त्रणका लागि उपभोक्ता परिचालन गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका हँडिया र सुन्दरपुरसहितका वन क्षेत्रमा २०० भन्दा बढी उपभोक्ता डढेलो नियन्त्रणमा परिचालित भएका हुन् ।...

होलीमा रंगियो रुपाल गाउँ

२०७२ चैत १० गते १२:४८

भीमदत्तनगर, १० चैत – रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको एउटा गाविसको नाम हो । सो गाविसमा बसोबास गर्ने नागरिकलाई रुपालवासी भनेर स्थानीय भाषामा चिनिन्छ । त्यो रुपालको साइनो यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा भइरहेको रङ्गीन पर्व रुपाली होलीमा जोडिएको छ । डडेल्धुराको रुपालबाट बसाइँ सरेर कञ्चनपुर...

नेपाल–चीनबीच १५ बुँदे संयुक्त विज्ञप्तिः इन्धन बेच्न र रेल्वेमा सहयोग गर्न चीन सहमत

२०७२ चैत १० गते १२:४२

काठमाण्डु, १० चैत– नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै चीनले नेपालमा इन्धन बिक्री गर्ने र रेल्वेमा सहयोग गर्ने जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण्का क्रममा जारी भएको संयुक्त विज्ञप्तिमा चीनले नेपालमा जारी भएको संविधानलाई स्वागत गरेको छ ।...

पक्राउ परे वेबसाईट ह्याकर

२०७२ चैत १० गते १२:३७

काठमाण्डु, १० चैत– विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको वेबसाईट ह्याक गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखा टोलीले प्राप्त सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा ह्याकर फेला परेको जनाएको छ । प्रहरीले तनहु बन्दिपुर घर भइ हाल बालाजु बस्ने १८ वर्षीय बिकास पौडेललाई...

नेपाल–चीनबीचको १० बुँदे सम्झौताले भारतलाई रुनु न हास्नु बनायो

२०७२ चैत १० गते १२:२३

काठमाण्डु, १० चैत– नेपाल र चीनबीच पारवहन सम्झौता भएको केही समयपछि भारतले त्यसबारे आफ्नो प्रतिक्रिया जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै नेपाल व्यवहारिक विकल्प खोज्न स्वतन्त्र रहेको बताउँदै अस्पष्ट रुपमा भनेको छ, ‘तर नेपार र भारतको सम्बन्ध अरुको जस्तो होइन ।’...

अवैध रुपमा ढुङ्गा ओसार्ने पाँच ट्याक्टर प्रहरी नियन्त्रणमा

२०७२ चैत १० गते १२:०५

लहान, १० चैत – अवैध रूपमा सिरहाको कमलाबाट ढुङ्गा ओसार्ने पाँचवटा ट्याक्टरलाई प्रहरीले बिहान सिरहाको बन्दीपुरबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको टोलीले सिरहाको बडहरामाल बल्टिया–१ स्थित कमला नदीबाट अवैध रूपमा ढुङ्गा उत्खनन गरी लगिरहेको अवस्थामा ज१त ७५००, ज१त६७८५, ज१त६९४१, ज१त...

हिन्दू, मुस्लिम र सिख धर्मगुरुले होली खेले

२०७२ चैत १० गते ११:०६

नेपालगन्ज, १० चैत – खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवले सामाजिक सद्भाव, भाइचारा र आपसी मेलमिलापको सन्देश प्रवाह गर्ने होली पर्वलाई त्यही भावनाबाट सबैले ग्रहण गर्नुपर्ने कताएका छन् । सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र, स्थानीय शान्ति समिति, अन्तर धार्मिक तथा सामाजिक सद्भाव मञ्च र...

धुन्चेमा भीषण हावाहुरीसँगै आगलागी, भूकम्पपीडितका हजारौँ टहरा उडायो

२०७२ चैत १० गते १०:४०

रसुवा, १० चैत – बिहान ६ बजेदेखि चलेको हावाहुरीले सदरमुकाम धुन्चेलगायत आसपासका क्षेत्रको जनजीवन प्रभावित बनाएको छ । नागरिक समाजका अध्यक्ष बाबुलाल तमाङका अनुसार चर्को हावाहुरीले दर्जनौँ जस्ताका घरहरू उडाएको र बसोबासमा प्रभावित तुल्याएको छ । अहिले स्थानीयवासी सुृुरक्षित ठाउँको खोजी गर्र्दै बसिरहेका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us