बिहीबार, २० वैशाख, २०८१

समाचार

अरुसँग होली खेलेको भन्दै श्रीमानले कुटेपछि महिलाले हाम फालिन् इनारमा !

२०७२ चैत ११ गते १०:२६

महोत्तरी, ११ चैत – ‘अरुसँग किन होली खेलेको’ भन्दै श्रीमान्ले कुटेपछि बिजलपुरा–९ मा एक महिला इनारमा हाम फाल्न पुग्दा घाइते भएकी छिन् । स्थानीय कान्छा भनिने घनश्याम महतोले आफ्नी ३० वर्षीया श्रीमती कौशिलादेवी महतोलाई बुधबार अरुसँग रङ खेलेको भन्दैे कुटपिट गर्दा सहन नसकेर ती...

दिउँसै निदाउन थालेपछि नारायणकाजीले गराए अप्रेशन

२०७२ चैत ११ गते १०:१४

धादिङ, ११ चैत–एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पिनास र नाकको हड्डीको शल्यक्रिया गराएका छन् । स्वाइनफ्ल्ुपछि श्रेष्ठको नाकको हड्डी बाङगो हुनुका साथै पिनास बिग्रिएर स्वास फेर्नै गाह्रो भएको थियो । श्रेष्ठको धापाखेलस्थित सुमेरु अस्पतालमा बुधबार राति शल्यक्रिया गरिएको उनकी स्वकीय सचिव सुसन कर्मचार्यले जानकारी दिइन्...

ढलान भत्कँदा विदेशीसहित ६ घाइते

२०७२ चैत ११ गते ९:५३

धादिङ, ११ चैत– उत्तरी धादिङको फूलखर्क गाविस–२ स्थित मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अस्ट्रेलियालीसहित छ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा अस्ट्रेलियाली पिटर लेभी, एलेक्स मेलर र...

चीनमा आज के गर्दैछन् ओली ?

२०७२ चैत ११ गते ९:४९

काठमाण्डु, ११ चैत– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा सम्बोधन गर्दै छन् । प्रधानमन्त्रीसहितको टोली ‘बोआओ फोरम’ को वार्षिक सम्मेलनमा भाग लिन बुधबार साँझ चीनको राजधानी बेइजिङबाट दक्षिण पूर्वी तटीय सहर सान्या पुगेको हो । प्रधानमन्त्रीले...

निर्वाचन आयोगले दियो नयाँ शक्तिको निर्वाचन चिन्ह

२०७२ चैत १० गते २०:४५

काठमाण्डु, १० चैत–पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।   निर्वाचन आयोगले बुधबार पार्टी दर्ताको प्रमाणपत्र दिएको नयाँ शक्तिका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए ।     प्रमाणपत्र लिन मुक्ति प्रधानसहित नयाँ शक्तिको कानून विभागका सदस्य...

बंगलादेशबाट आयो प्रचण्डलाई निम्तो

२०७२ चैत १० गते १९:४९

काठमाण्डु, १० चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बंगालादेशको कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशनमा आउन निम्तो पठाएको छ । बंगलादेश सोसलिष्ट पार्टीले यही वर्ष हुने आफ्नो अधिवेशनमा प्रमुख अतिथिका रुपमा प्रचण्डलाई बोलाएको हो । उक्त पार्टी सम्वद्ध विद्यार्थी संगठन ‘समाजवादी विद्यार्थी फ्रन्ट’ को...

खगेन्द्र संग्रौलाले प्रधानमन्त्री ओलीलाई कडा ब्यंग्य गरे, हेलो सरकारले सभ्य भाषामा जवाफ फर्कायो

२०७२ चैत १० गते १९:१७

काठमाण्डु, १० चैत– वरिष्ठ लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले केपी शर्मा ओलीको चीन भ्रमणबारे सामाजिक सञ्जालमार्फत गरेको ब्यंग्यको प्रधानमन्त्री कार्यालय अन्तर्गतको हेलो सरकारले जवाफ दिएको छ । संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओली भ्रमणलाई लिएर कडा टिप्पणी गरेका थिए । संग्रौंलाले ओली भ्रमणलाई सफल...

लिपुलेकको विषय उठाउन माग गर्दै अनेरास्ववियुको प्रदर्शन

२०७२ चैत १० गते १९:१४

काठमाण्डु, १० चैत– प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणमा ‘लिपुलेक’को विषय उठाउन माग गर्दै नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले आज राजधानीमा प्रदर्शन गरेको छ । सङ्गठनले माइतीघर मण्डलमा प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डासहित प्रदर्शन गरेको हो । सङ्गठनका अध्यक्ष रत्न...

स्ववियु निर्वाचन चाँडो गर्न माग

२०७२ चैत १० गते १९:१०

काठमाण्डु, १० चैत– नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै उपकुलपति तीर्थ खनियालाई ध्यानाकर्षण गराएको छ ।   सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाको नेतृत्वमा कीर्तिपुरस्थित उपकुलपतिको कार्यालय पुगी प्रतिनिधिमण्डलले निर्वाचनको तालिका चाँडो सार्वजनिक गर्न आग्रह...

राजकुमार ह्यारीसँग कान्ति बाल अस्पताल गएको भए तपाईंको आँखाभरी आँसु हुने थियो

२०७२ चैत १० गते १९:००

काठमाण्डु, १० चैत– बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ‘ह्यारी’ कान्तिबाल अस्पतालमा गई जलेका बालबालिकाको उपचार गरिने वार्ड वर्न वार्ड गई त्यहाँ उपचारत बालबालिकाको अवस्था बारेमा जानकारी लिए । नेपालको पाँचदिने औपचारिक भ्रमणको अन्तिम दिन ३२ वर्षीय राजकुमार ह्यारीले त्यहाँ उपचारत १६ बालबालिका तथा...

सरकार ढल्छ कि ढल्दैन ?, गच्छदारले खोले मुख

२०७२ चैत १० गते १८:४८

विराटनगर, १० चैत– कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच तीन वर्षसम्म लागि सहमति र सहकार्य आवश्यक भएको बताए । सञ्चारकर्मीसँग भएको भेटघाटमा उनले सहमतिको सरकार बन्न नसक्ने स्थितिमा नेपाली काँग्रेसलगायत अन्य दलसँग मुलुक सञ्चालन र संविधान कार्यान्वयनका लागि सहकार्य गर्न...

चीनद्वारा संविधानको स्वागत, विकास कार्य अघि बढाउने दुई मुलुकको साझा प्रतिवद्धता

२०७२ चैत १० गते १८:३६

काठमाण्डु, १० चैत– चीनले नेपालमा जारी संविधानको स्वागत गर्दै मुलुकको राजनीतिक विकास क्रमको दिशामा यो ‘ऐतिहासिक प्रगति’ हो भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका सिलसिलामा आज जारी दुई मुलुकबीचको संयुक्त वक्तव्यमा यो अवसरलाई नेपालले राजनीतिक स्थायित्व र आर्थिक उन्नयनका लागि उपयोग...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us