समाचार

सुशीला कार्कीमाथि ओलीको टिप्पणीः लुटपाट, आगजनी र विश्वंश गरेर बनेको प्रधानमन्त्री

२०८२ मंसिर ६ गते १५:३१

काठमाण्डू, ६ मंसिर– एमाले अध्यक्ष केपी ओलीले सुशीला कार्कीमाथि लुटपाट, आगजनी र विध्वंश गराएर प्रधानमन्त्री बनेको आरोप लगाएका छन् । एमालेले शनिबार राजधानीमा गरेको शक्ति प्रदर्शनपछि भृकुटी मण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउने अधिकार नभएको बताए । उनले उत्पात मच्चाएर...

निर्वाचनमा सहभागी हुने काँग्रेसको निर्णय

२०८२ मंसिर ६ गते १५:२४

काठमाण्डू, ६ मंसिर– अन्ततः नेपाली काँग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको हो । बैठकले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी हुने निर्णय गरेको...

जेनजी आन्दोलन आतंक र हिंसा होः शंकर पोखरेल

२०८२ मंसिर ६ गते १५:०१

काठमाण्डू, ६ मंसिर– एमाले महासचिव शंकर पोखरेलले २३ र २४ गतेको जेनजी आन्दोलनलाई आतंक र हिंसाको संज्ञा दिएका छन् । एमालेले शनिबार राजधानीको भृकुटीमण्डपमा गरेको सभालाई सम्बोधन गर्दै पोखरेलले जेनजी आन्दोलन र त्यसबाट भनिको भनिएको परिवर्तनलाई आतंक र हिंसाको संज्ञा दिएका हुन् । उनले...

प्रधानन्यायाधीश राउत भारत प्रस्थान

२०८२ मंसिर ६ गते १४:१४

काठमाण्डू, ६ मंसिर– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत भारत प्रस्थान गरेका छन् । भारतका प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईको निमन्त्रणमा प्रधानन्यायाधीश राउत शनिबार एयर इण्डियाको जहाजबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले भारतको सर्वोच्च अदालत अवलोकन भ्रमणका लागि प्रधानन्यायाधीश राउत त्यसतर्फ गएको...

एमाले रुकुमका नेता मल्ल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

२०८२ मंसिर ६ गते १०:५६

रुकुमपूर्व, ६ मंसिर– एमाले रुकुमका नेता कैलाशकुमार मल्ल नवगठित नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । मल्ललाई शनिबार सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्यता दिएर स्वागत गरेका हुन् । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट उम्मेदवार रहेका मल्ल तत्कालीन माओवादी केन्द्रका पूर्णबहादुर...

जेनजी आन्दोलनपछि थपिए ८ लाख ३७ हजार मतदाता

२०८२ मंसिर ६ गते १०:४८

काठमाण्डू, ६ मंसिर– गत २३ र २४ भदौको जेनजी आन्दोलनपछि ८ लाख ३७ हजार ९४ मतदाता थपिएका छन् । उक्त आन्दोलनपछि प्रतिनिधिसभा विघटन भई आगामी २१ फागुनमा निर्वाचन मिति घोषणा भएको थियो । निर्वाचन आयोगकाअनुसार ९ असोजदेखि ५ मंसिरसम्म खुला गरिएको मतदाता नामावली संकलनका...

बस पल्टिएर किच्दा पैदलयात्रीको मृत्यु

२०८२ मंसिर ६ गते १०:३६

चितवन, ६ मंसिर– चितवनको माडी नगरपालिका १ गर्दीमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ६० वर्षीय फिरल महतो रहेको प्रहरीले जनाएको छ । महतोलाई शनिबार बिहान ६ बजेको समयमा बागमती प्रदेश ०३-००१ख२८८७ नम्बरको बसले ठक्कर दिएको थियो ।...

पञ्चकुण्ड ताल जम्यो

२०८२ मंसिर ६ गते १०:२९

म्याग्दी, ६ मंसिर- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ चिसोका कारण जमेको छ । ताल जमेर एक ढिक्का भएपछि मानिसले हिँडडुल गर्न सकिने भएको छ । समुद्री सतहबाट चार हजार १०० मिटर उचाइमा करिब २० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको...

कांग्रेस महाधिवेशन नभए गगन र विश्वप्रकाश प्रतिनिधिसभा निर्वाचन नलड्ने

२०८२ मंसिर ५ गते १७:४७

काठमाण्डू, ५ मंसिर– कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारले फागुन २१ गतेका लागि तोकेको प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन नभए निर्वाचन नलड्ने घोषणा गरेका छन । शुक्रबार बिहान संस्थापन समूहका २५ केन्द्रीय सदस्यहरूसँगको भेटमा महामन्त्रीद्वय थापा र शर्माले निर्वाचन अगाडि महाधिवेशन...

७ वटा फौजदारी मुद्दा खेपेका श्रेष्ठलाई एमाले भोलेन्टियर्स फोर्सको कमान्ड

२०८२ मंसिर ५ गते १७:१२

काठमाण्डू, ५ मंसिर– आज (शुक्रबार) एमालेले निकै तामझामका साथ घोषणा गरेको नेसनल भोलेन्टियर्स फोर्स’को कमान्डर नै सात वटा फौजदारी मुद्दा लागेका व्यक्ति रहेको खुलासा भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा नेता भानुभक्त ढकालले सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा...

प्रधानमन्त्रीको नैतिकतामा सभामुखले उठाए प्रश्न

२०८२ मंसिर ५ गते १७:००

काठमाण्डू, ५ मंसिर– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री सुशीला कार्कीको नैतिकतामा प्रश्न उठाएका छन । अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनविरुद्ध विरुद्धको रिटमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै सभामुख घिमिरेले कार्कीले मन्त्रीपरिषद्को नेतृत्व गर्नु संवैधानिक, कानुनी र नैतिकरूपमा समेत नमिल्ने तर्क गरेका छन...

११ औँ महाधिवेशनलाई फराकिलो मन, फराकिलोपनका साथ यस लैजाऔंः ओली

२०८२ मंसिर ५ गते १६:५६

काठमाण्डू, ५ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन भाड्ने प्रयास भएको बताएका छन । आज (शुक्रबार) ककाठमाण्डूको ववरमहस्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले पार्टीको महाधिवेशन भाँड्ने प्रयास...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us