काठमाण्डू, ७ मंसिर– प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आज (आइतबार) एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो ।...
काठमाण्डू, ७ मंसिर– एमाले नेता महेश बस्नेतले अलोकतान्त्रिक सरकारले पक्षपोषण गरेकाहरू अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा सक्रिय रहेको बताएका छन । आज (आइतबार) सुनसरीमा आयोजति युवा संघको कोशी जागरणसभामा सहभागी हुन त्यसतर्फ गइरहेका बेला सुनसरीमा दुई युवाले उनको गाडी रोकेर बेलुनमा भरिएको रातो छ्यापेको विषयमा...
काठमाण्डू, ७ मंसिर– काठमाण्डूको टोखा नगरपालिका–९ स्थित नयाँ बसपार्क नजिकै सडक किनारमा भेटिएको शव तेस्रो लिंगीको रहेको पुष्टि भएको छ । हिजो (शनिबार) दिउँसो फेला परेको उक्त तेस्रो लिंगीको रहेको खुले पनि सनाखत भने हुन नसकेको प्रहरीले जानकारी दिएको छ । शवको सनाखत हुन...
काठमाण्डू, ७ मंसिर– एमाले नेता महेश बस्नेत लगायत नेताहरु सुनसरीको इटहरीमा आएपछि नयाँ पुस्ताका युवा (जेनजी)हरुले सुनसरीको दुहबीमा पनि विरोध प्रदर्शन गरेका छन । महेश बस्नेत र एमाले नेता भानुभक्त ढकाल सवार भएको गाडी क्रस भइसकेपछि दुबहीमा स्थानीय युवाहरुले टायर बालेर प्रदर्शन गरेका हुन्...
काठमाण्डू, ७ मंसिर– मोरङको विराटनगरमा एमाले महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी भएको खुलेको छ । आज (आइबतार) बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी...
काठमाण्डू, ७ मंसिर– धनुषामा कारले दम्पतिलाई ठक्कर दिंदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन । जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका–२ नक्टाझीज हजरा चोकस्थित आज बिहान जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१९०३१ च २०३६ नम्बरको कारले साईकलमा...
काठमाण्डू, ७ मंसिर– कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । कार्यसम्पादन समितिको बैठक ९ मंसिरमा बस्ने गरी बोलाइएको एक नेताले जानकारी दिएका छन । मुलुकको पछिल्लो अवस्था, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण लगायतमा छलफल...
काठमाण्डू, ७ मंसिर– हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ बारास्थित किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन आग्रह गरेका छन । पीडित युवालाई लिएर उनी शनिबार पूर्वमन्त्री श्रेष्ठको घर पुगेका थिए । तर श्रेष्ठ भने घरमा थिएनन् । आफूले सो घरमा रहेकाहरुलाई नधम्काउने सन्देश...
काठमाण्डू, ७ मंसिर- विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आजका लागि घोषणा गरेको बन्दको कार्यक्रम फिर्ता लिएको छ । सरकारसँग शनिबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भएको सहमतिपछि पसाईं समूहले बन्द फिर्ता लिएको हो । आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ...
काठमाण्डू, ६ मंसिर– मधेस केन्द्रित ७ राजनीतिक दलले चुनावमा भाग लिने निर्णय गरेका छन् । संघीय लोकतान्त्रिक मोर्चाको शनिबार राजधानीमा बसेको बैठकले १० माघमा हुने राष्ट्रियसभा र २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो । यस्तै उनीहरुले निर्वाचनमा गठबन्धन गर्ने पनि...
काठमाण्डू, ६ मंसिर– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको नेतृत्व अब युवाहरुलाई सुम्पिने बताएका छन् । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शनिबार जेनजी युवाहरुसँगको संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् । अघिल्लो परस्ताले राजनीतिक रुपमा ‘गाइड’ गर्ने र नेतृत्व युवाले गर्ने उनको भनाइ...
काठमाण्डू, ६ मंसिर– एमाले अध्यक्ष केपी ओलीले बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङलाई जिम्मेवारीबाट हटाएर प्रहरी मुख्यालय तानिएकामा आपत्ति जनाएका छन् । एमालेले शनिबार राजधानीको भृकुटी मण्डपमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले जेनजी आन्दोलनकारीलाई नसघाएको आरोपमा तामाङमाथि प्रतिशोष साँधिएको बताए । एमाले नेताहरुको कार्यक्रम...